सत्तामा हुँदा एमसीसी अघि बढाउनेले अहिले विरोध गर्नुको अर्थ छैन : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तामा हुँदा अमेरिकी सहयोग परियोजना एमसीसी अघि बढाउनेहरुले अहिले विरोध गर्नुको अर्थ नरहेको बताउनुभएको छ ।

सोमबार नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा संसद्मा पेस भएको प्रस्ताव नै अहिले पारित भएको बताउनुभयो । उहाँले नेकपा (एमाले)का सांसद् भीम रावलप्रति असन्तुष्टि पोख्दै सत्तामा हुँदा एमसीसी अघि बढाउनेहरुले अहिले विरोध गर्नुको अर्थ नरहेको बताउनुभएको छ ।

‘केपी ओलीले पेस गर्नुभएको प्रस्ताव पास हुँदा भीम रावलको टाउको किन दुख्यो ? रक्षामन्त्री भएर सरकारमा बस्दा एमसीसीबारे थाहा थियो कि थिएन रु एमसीसी खराब थियो भने त्योबेला मन्त्रीबाट राजीनामा किन नदिएको ?’ उहाँले भन्नुभयो । आफू पुगेको स्थानको प्रशंसा गर्दै देउवाले किस्पाङ गाउँपालिका विकटता भए पनि सुन्दर रहेको बताउनुभयो । भारतबाट आयात हुने तरकारी तथा दुधजन्य पदार्थलाई विस्थापन गर्न नुवाकोटको कृषि खेतीले योगदान दिने बताउनुभयो । नागरिक खबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार