
काठमाडौं । नेपाल भ्रमणमा रहेका साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैजल विन फरहान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
उहाँले राष्ट्रपति कार्यालय शितल निवास पुगी राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्नुभएको थियो।‘सो अवसरमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासेका विषयमा छलफल भयो,’ भेटपछि राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । राष्ट्रपतिलाई भेटिसकेपछि उनले प्रधानमन्त्री देउवासँग भेट गरेका थिए ।
प्रधानमन्त्री देउवासँगको शिष्टाचार भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको बताइएको छ । नेपालको दुई दिने भ्रमणको सिलसिलामा साउदी विदेशमन्त्री साउद सोमबार काठमाडौं आइपुग्नुभएको थियो । उहाँ मंगलबार विहान नेपाल–साउदी उच्चस्तरीय द्विपक्षीय बैठकमा सहभागी हुनुभएको थियो । उहाँ मंगलबार स्वदेश फर्कन्हनेछ । नागरिक खबरबाट