माओवादी केन्द्रले गर्‍यो कर्णालीका तीन जिल्ला अध्यक्ष हेरफेर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशका १० जिल्लामध्ये ३ जिल्ला समन्वय समितिको अध्यक्ष परिवर्तन गरेको छ ।

स्थानीय निर्वाचनसँगै प्रदेश र संघको निर्वाचन नजिकिँदै गएपछि माओवादीले जिल्ला नेतृत्व हेरफेर गरेको हो । यसअघि बसेको केन्द्रीय समिति बैठकले कर्णाली प्रदेशको इञ्चार्जमा कालीबहादुर मल्ललाई जिम्मेवारी तोकेपछि जिल्ला अध्यक्ष हेरफेर गरिएको हो ।

रुकुम पश्चिम जिल्ला समन्वय समितिको अध्यक्षमा गोविन्द रोका, सुर्खेत जिल्ला समन्वय समितिको अध्यक्षमा जितबहादुर राना र हुम्ला जिल्ला समन्वय समितिको अध्यक्षमा डा.दिपेन्द्र रोकालाई जिम्मेवारी दिइएको छ । अन्य जिल्ला समन्वय समितिको अध्यक्ष भने यथावत राखिएको माओवादीले जनाएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार