
काठमाडौं । विवेकशील साझा पार्टीमा विवाद चुलिएको छ । आइतबार बसेको बैठकमा अध्यक्ष रवीन्द्र मिश्रले प्रदेश संयोजकहरु तोकेको निर्णय सुनाएपछि नेताहरुले विरोध गरेका छन् ।
अध्यक्ष मिश्रले पार्टीमा एकलौटी गरेको तथा राप्रपासँग पार्टी मिलाउन खोजेको भन्दै असन्तुष्ट नेताहरु भेला भएका छन् । उनीहरु मध्येका एक भन्छन्, ‘हाम्रो केन्द्रीय समितिमा करिव १५० जना छौं, जसमध्ये भौतिक र भर्चुअल गरेर ९० जनाभन्दा बढी अब कसरी जाने भनेर छलफल गरिरहेका छौं ।’
आइतबार मिश्रले मधेश प्रदेशको संयोजकमा धनपति महतो, बागमतीमा सञ्जीव वल्लभ भट्टराई, गण्डकीमा सुशीला अधिकारी केसी र अन्तर्राष्ट्रिय समितिको संयोजकमा एसके श्रेष्ठ चयन गरेको जानकारी गराएका थिए । बागमतीमा बिराजभक्त महर्जन र गण्डकी प्रदेशमा जमुना शर्मा संयोजकको आकांक्षी थिए ।
अध्यक्ष मिश्रले २६ केन्द्रीय सदस्यलाई कारबाही गरेको र पार्टी महाधिवेशन स्थानीय चुनावपछि गर्ने निर्णय भएको बताएका छन् । पार्टीका महत्वपूर्ण विषयमा छलफल नगरी एकलौटी गरेको भन्दै नेताहरु भने मिश्रसँग असन्तुष्ट छन् । अनलाइनखबरबाट