![](https://myagdinews.com/wp-content/uploads/2021/10/deuba12.jpg)
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले देशको परिवर्तनमा सञ्चार माध्यमले अहम् भूमिका निर्वाह गरेको बताउनुभएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालको २४औँ वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
सञ्चार माध्यम आवाजविहीनको आवाज रहेकाले देशको राजनीति सामाजिक परिवर्तनमा निकै भूमिका निभाएको प्रधानमन्त्री देउवाको भनाइ छ ।मिथ्या र भ्रामक समाचार पनि प्रवाह हुन थालेको भन्दै उहाँले यस्ता समाचारले विश्वसनीतामा ह्रास ल्याउने भएकाले सचेत रहन आग्रह गर्नुभयो ।
देशको विकासका लागि सञ्चार माध्यमको भूमिका अर्थपूर्ण हुने भएकाले आसन्न्न निर्वाचनमा पनि सोहीअनुसार भूमिका निर्वाह गर्ने उहाँको विश्वास छ । समस्या र अप्ठ्यारा चिरेर सत्तारुढ गठबन्धनलाई अघि बढाउने प्रधानमन्त्री देउवाको भनाइ छ । nagarik khabar