धवलागिरी गाउँपालिका–१ मा गठबन्धनका उम्मेद्धार निर्विरोध

म्याग्दी । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबाट चयन हुने नयाँ कार्यकालका लागि म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाको वडा अध्यक्षमा माओवादी केन्द्रका झक छन्त्याल निर्विरोध निर्वाचित हुनुभएको छ ।

उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुँदासम्म वडा अध्यक्षमा छन्त्यालको मात्रै नाम कायम भएपछि उहाँ निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

धवलागिरिमा माओवादी र काँग्रेसको गठबन्धनबाट खुला वडा सदस्यमा केआईसिंह छन्त्याल, गुनराम छन्त्याल, महिला सदस्यमा सिता कुमारी छन्त्याल र दलितमहिला सदस्यमा सतमायाँ विक निर्विरोध हुनुभएको छ ।

यहाँ काँग्रेसबाट दुई, माओवादीबाट दुई र स्वतन्त्रबाट एक जना गरि सर्वसम्मत रुपमा वडाको जनप्रतिनिधिको छनौट गरिएको जनाइएको छ । काँग्रेस र स्वतन्त्रबाट वडा अध्यक्ष र सदस्यहरुमा परेको मनोनयन फिर्ता भएपछि जिल्लामा गुर्जामा सर्वसम्मत रुपमा वडाका जनप्रतिनिधि चुनिएका हुन् ।

सम्बन्धित समाचार

thumbnail

पाँच पालिका र ४० वडाको मतगणना सकिँदा म्याग्दीमा कसले कहाँ जिते ?

बेनी । स्थानीय तह निर्वाचन अन्तरगत म्याग्दीका पाँच वटा स्थानीय तह र ४० वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । मतगणना सार्वजनिक भएका दुई वटा पालिकामा एमाले अध्यक्ष, उपाध्यक्ष दुवै, एक वटामा…

thumbnail

धवलागिरी– ६ मराङमा एमालेको प्यानल विजयी

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका – ६ मल्कवाङमा वडा अध्यक्षमा नेकपा एमालेका राजाराम उपाध्याय विजयी हुनुभएको छ । उपाध्यायले ४ सय ११ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेस र नेकपा…

thumbnail

धवलागिरी– ५ मल्कवाङमा कांग्रेसको प्यानल विजयी

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका – ५ मल्कवाङमा वडा अध्यक्षमा नेपाली कांग्रेसका अमर बहादुर छन्त्यालको विजयी हुनुभएको छ । छन्त्यालले ३ सय ४१ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका तिल बहादुर…