रघुगंगा गाउँपालिका अध्यक्षका उम्मेद्वार भण्डारी विरुद्ध परेको उजुरी खारेज

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट अध्यक्षका उम्मेद्वार भवबहादुर भण्डारी विरुद्ध परेको उजुरी निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ ।

गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रेमबहादुर कार्की र स्वतन्त्र उम्मेद्धार सागर भण्डारीले वैशाख १३ गते कांग्रेसका उम्मेद्धार र भण्डारी विरुद्ध गाउँपालिकाको जग्गा ब्यवस्थापनका क्रममा व्यक्तिगत जग्गामा सरकारी लगानी गरेको आरोप लगाउदै उमेद्वारी रद्द गर्नुपर्ने माग सहित उजुरी गर्नुभएको थियो ।

व्यक्तिको जग्गामा गाउँपालिकाको भवन निर्माण गरेर बजेट दुरुपयोग गरेको भन्ने आरोप उपर दावी नपुग्ने भएकाले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २० बमोजिम भण्डारीको मनोनयन कायम रहने निर्वाचन अधिकृतको कार्यालयले निर्णय गरेको हो ।

रघुगंगा गाउँपालिकाको मौवाफाँटमा प्रशासनिक भवन निर्माणका लागि स्थानीयबासीले उपलब्ध गराएको २५ रोपनी जग्गा सम्बन्धित धनीको सहमति, गाउँसभा, कार्यपालिका र आमभेलाको निर्णय अनुसार व्यवस्थापन गरेर सडक, गाउँपालिका र जग्गाधनीलाई ३३÷३३ प्रतिशत बाँडफाड गरिएको गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहेका भण्डारीले बताउनुभयो ।

सबै कानुनी प्रक्रीया पुरा गरेर जग्गा ब्यवस्थापन गरि सभाहल बनाइसकेको र प्रशासनिक भवन निर्माणको क्रममा रहेको बताउदै भण्डारीले सो विषयमा बेरुजु रहेको र अनियमितता भएको भनेर लगाइएको आरोप निर्वाचन अधिकृतको कार्यालयको अनुसन्धानका क्रममा पुष्टि नभएकाले भ्रममा नपर्न आग्रह गर्नुभयो ।

‘गाउँपालिकाको भवन मात्र नभएर स्वास्थ्य इकाई, स्वास्थ्य चौकी र प्रहरी चौकीको भवनका लागि पनि विभिन्न ठाउँमा मैले जनप्रतिनिधीको हैसियतमा पहल गरेर निशूल्क जग्गा ब्यवस्थापन गरेको छु,’ उहाँले भन्नुभयो ‘गाउँपालिकाको काम गर्दा बरु मैले व्यक्तिगत खर्च गरेको छु तर सरकारको एक रुपैया पनि दुरुपयोग गरेको छैन् । पुष्टि भयो भने राजनीतिबाटै अलग हुन्छ ।’

उजुरीको छानविन पछि रघुगंगाको निर्वाचन अधिकृतको कार्यालयले मनोनयन पत्र स्विकृत भएका उमेद्वारहरुको नामावली बिहिबार सार्वजनिक गरेको छ । नेपाली काँग्रेसको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा काँग्रेसका जिल्ला सभापति खम्बिर गर्बुजाले अराजनीतिक संस्कार देखाउनेको प्रतिवद्ध गरिने बताउनुभयो ।

 

सम्बन्धित समाचार

thumbnail

बिरामीलाई अस्पताल जान वडाले नि:शुल्क एम्बुलेन्स उपलब्ध गराउने

काठमाडौँ । गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ ले बिरामीलाई अस्पताल जानका लागि एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । बिरामीलाई स्थानीय स्वास्थ्य संस्थाबाट रिफर भई थप उपचारका लागि गोरखा जिल्ला अस्पताल…

thumbnail

योजना आयोगले सिफारिस नगरेका आयोजनाले बजेट नपाउने

काठमाडौँ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा योजना आयोगबाट सिफारिस नभएका आयोजनाहरूले बजेट नपाउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आयोगबाट सिफारिस नभएका आयोजनाले…

thumbnail

गठबन्धन सही थियो भन्ने पुष्टि भयो : राष्ट्रिय जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलबीच भएको गठबन्धन सफल भएको निष्कर्ष निकालेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालयको विस्तारित बैठकले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन नेकपा एमालेलाई परास्त…