![](https://myagdinews.com/wp-content/uploads/2021/11/madav-nepal.jpg)
धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग एकताको सम्भावना नरहेको बताउनुभएको छ । आइतबार बिहान धनगढीस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरुको जिज्ञासामा अध्यक्ष नेपालले उक्त कुरा बताउनुभएको हो ।
पत्रकारहरुले एमाले, माओवादी र समाजवादीलाई मिलाउन चीनले प्रयास गरिरहेको कुरा आइरहेको भन्दै जिज्ञासा राख्दा अध्यक्ष नेपालले एकताको सम्भावना नै नरहेको बताउनुभाये । ‘एमालेसँग एकताको कुनै सम्भावना छैन,’ उहाँले भन्नुभयो । उहाँले एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै ’ दिमाग खुस्केको मान्छेु भएको आरोप पनि लगाउनुभयो ।
‘दिमाग खुस्केको जस्तो जे पायो त्यही बोलिराख्या छ, बकबक गरिराख्या छ, त्यो बाहेक अरु केही छैन,’ उहाँले भन्नुभयो, ‘हामी सुसंस्कार दिन्छौं, उत्प्रेरित गर्छौ ।’उहाँले पाँच दलबीच तालमेल हुने भएपछि जनतामा उत्साह थपिएको र जनविरोधी शक्तिहरु छट्पटाउन थालेको बताउनुभयो । वामपन्थी र लोकतान्त्रिक शक्तिहरु मिलेर चुनावमा जाने सहमति भएपछि जनविरोधीहरूको मुख चाउरिएको र निन्द्रा हराम भएको उहाँको भनाइ थियो । ‘हात्ती हिँड्दै गर्छ, भुक्नेहरु भुक्तै गर्छन्,’ उहाँले भन्नुभयो। ekantipurबाट