सकारात्मक भएर नेतृत्वलाई सहयोग गरौँ : उपाध्यक्ष शर्मा

एजेन्सी । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा.हेमराज शर्माले नवनिर्वाचित कार्यसमितिलाई सकारात्मक भएर सहयोग गर्न आग्रह गर्नुभएको छ ।

संघको १०औँ महाधिवेशन सकेर सोमवार बेलायत फर्किएका डा.शर्माले दशकदेखि मौलाएको पावर, पैसा र पोलिटिक्सको सहायताले सीमित व्यक्तिको घेरामा राखिएको एनआरएनएलाई लाखौँ गैरआवासीय नेपालीबीच पुर्‍याउन अभियान त्यति सहज नभएको बताउनुभयो।

शर्माले संघको निर्वाचन रोक्न परराष्ट्र मन्त्रालय, राजनीतिक दलहरु, संघका संरक्षक, न्यायालय सबै मैदानमा उत्रेको दाबी गर्नुभएको छ । उहाँले लोकतन्त्रमा असहमतिबीच परिस्थितिलाई स्वीकार गर्ने बानी बसाल्न आग्रह गर्दै कतिपय विषयमा असहमति हुँदा हुँदा पनि एनआरएनएलाई एक राख्न परिस्थितिलाई स्वीकार गर्नु पर्ने स्थिति आएको बताउनुभयो।

संघको निवर्तमान महासचिव समेत रहेका शर्माले गत निर्वाचनमा राखेका बाँचामध्ये करिब ८० प्रतिशत प्रतिबद्धता पूरा गर्न पाएकोमा सन्तोष व्यक्त गर्नुभएको छ । शर्माले फेस भेरिफिकेसन मार्फत् मतदान गर्ने पूरै तयारी रोक्न एउटा समूह सफल भए पनि दीर्घकालीन रूपान्तरको अभियानलाई भने कसैले रोक्न नसक्ने बताउनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार