अछामको पहिलो महिला नगर प्रमुख बनिन् अम्बिका चलाउने

अछाम । अछामको पहिलो नगर प्रमुखमा पञ्चदेवल विनायक नगरपालिकाबाट अम्बिका चलाउने निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसबाट नगर प्रमुखमा उम्मेदवारी दिनुभएकी उहाँले ५ प्रतिस्पर्धाीलाई पछाडि पार्दै नगर प्रमुखमा विजयी हुनुभएको छ ।

उहाँले ३ हजार ६५३ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धाीहरू माओवादी केन्द्रका रामबहादुर विकले ३ हजार १७२, एमालेका नन्दबहादुर कडायत २ हजार ६९७, एकीकृत समाजवादीका योगेन्द्रबहादुर विष्ट ६ ९२ र स्वतन्त्र टंक तिमिल्सैना १५४ मत पाउनुभयो।

उपप्रमुखमा कांग्रेसकै हर्कबहादुर रावल विजयी हुनुभयो । उहाँले ४ हजार १८८ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी माओवादी केन्द्रकी रीता रावल २ हजार ६१८, एमालेकी राजु सञ्जाल १ हजार २ र एकीकृत समाजवादीकी कृष्णा जैशी न्यौपानेले ८७८ मत पाउनुभयो । नागरिक खबरबाट

सम्बन्धित समाचार

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

देश विदेशका खर्चबाट अभियन्ता भेटिन्छन् तर प्रतिफल बाहिर आएको छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…

thumbnail

काठमाडौंको फोहोर दुई दिन बञ्चरेडाँडामा नलैजाने

काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…