अन्तर्घात नभएको भए अझै धेरै पालिका जित्थ्यौं : कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको परिणाम सन्तोषजनक नै आएको बताएको छ। कांग्रेसले सात सय २८ पालिकाको मतपरिणाम आउँदा तीन सय २० पालिकामा प्रमुखरअध्यक्ष जितेको बताएको छ भने दुई सय ९४ जना उपप्रमुखरउपाध्यक्ष जितेको जानकारी दिएको छ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार मतगणना जारी रहेका ठाउँमा पालिका प्रमुख र उपप्रमुखमा केही ठाउँमा पार्टीका उम्मेदवार अग्र स्थानमा रहेकोले यो संख्या केही बढ्न सक्छ। स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा सन्तोषजनक नतिजा आएको हाम्रो निश्कर्ष छ,’ उहाँले भन्नुभयो, ‘यद्यपी यसपालि पनि विभिन्न ठाँउहरुमा अन्तरघात भएको सूचनाहरु आइरहेका छन्।

यो प्रवृति नदोहोरिएको भए उल्लेख्य संख्या थप हुने कुरामा दुई मत थिएन।’स्थानीय निर्वाचनको सबै परिणाम आइसकेपछि प्रत्येक गाउँ र नगरपालिकामा पार्टीका सदस्यहरुको भूमिकाको सम्बन्धमा पार्टीले समीक्षा गर्ने उहाँले बताउनुभयो । यो परिणामबाट आम जनतामा कांग्रेसप्रतिको विश्वास बढेको भन्ने आंकलन पुष्टि भएको छ,’ उहाँले भन्नुभयो ।

उहाँले पाँच दलीय गठबन्धन पनि यो निर्वाचनमा सफल भएको बताए।गठबन्धनका सन्दर्भमा निर्णय अन्तिम समयमा हुँदा यसको सन्देश मतदातासमक्ष पुर्‍याउन भएको कठिनाइले केहि समस्या आएता पनि समग्रमा स्थानीय तहको निर्वाचनमा पाँच दलबीचमा भएको तालमेल सफल भएको हाम्रो निश्कर्ष छ,’ उहाँले भन्नुभयो। सेतोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

मन्त्रीमा पालो पुर्‍याउने पद्धति बेठीक : दिनानाथ शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले नेकपा मन्त्री हेरफेर गर्ने नेकपा एकीकृत समाजवादीको निर्णय अपरिपक्व भएको बताउनुभएको छ । मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य शर्माले…

thumbnail

इनार सफा गर्ने क्रममा डुबेर सुर्खेतमा एक जनाको मृत्यु

सुर्खेत । इनारमा डुबेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ। जिल्लाको भेरीगंगा नगरपालिका–१० तोलीखोलामा इनार सफा गर्न गएको एक जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार भेरीगंगा…

thumbnail

पोखरा महानगरले तोकेको फेवातालको मापदण्ड कार्यान्वयन गर्न सर्वोच्चको रोक

कास्की । पोखरास्थित फेवातालको मापदण्ड घटाउने पोखरा महानगरपालिकाको निर्णय कार्यान्वन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । मानबहादुर जि.सी. मेयर भएको बेला महानगरपालिकाको कार्यपालिका बैठकले मापदण्ड घटाउने निर्णय गरेको थियो । महानगरपालिकाले…