अन्नपूर्णको कार्यपालिका सदस्यमा एमालेका उम्मेद्वार निर्विरोध

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एकमालेका उम्मेद्वार निर्विरोध भएका छन् । मनोनयन दर्ता क्रममा ६ जनाको एकल उम्मेद्वारी परेपछी निर्विरोध भएका हुन् ।
दलित वा अल्पसंख्यक तर्फ बिरबहादुर पौडेल (भुरुङ्ग तातोपानी) र मिठु विक (घार खिवाङ) निर्विरोध हुनुभएको निर्वाचन अधिकुतको कार्यलयले जनएको छ । महिला कार्यपालिकाको सदस्यमा गेमाया पुन (राम्चे नागी), बिष्णु कुमारी गर्बुजा (भुरुङ्ग तातोपानी) र आशा गुरुङ्ग (दाना) निर्विरोध हुनुभएको छ ।

निर्विरोध निर्वाचित कार्यपालिकाका सदस्यहरुलाई मंगलबार प्रमाणपत्र र सपथ ग्रहण गरइने गाउँपालिका अध्यक्ष भरतकुमार पुनले बताउनु भयो । अन्नपूर्णमा अध्यक्ष, उपाध्यक्ष ८ मध्य पाँच वटा वडा अध्यक्ष सहित ३० जना जनप्रतिनिधी नेकपा एमाले विजयी भएका थिए ।

सम्बन्धित समाचार

thumbnail

अन्नपूर्ण गाउँपालिकाले ल्यायो ४९ करोड ७३ लाखको बजेट (तस्बिरहरु)

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ४९ करोड ७३ लाख ३६ हजार बराबरको बजेट ल्याएको छ । शुक्रबार पोखरेबगरमा आयोजना गरिएको १५ औं गाउँसभामा आगमी आर्थिक वर्ष २०७९÷८० का लागि उक्त बजेट गाउँसभाले…

thumbnail

दानाको मतिचौरमा घना जंगलको विचमा १०८ धारा

म्याग्दीको अन्नपुर्ण गाउँपालीका ३ दानाको मतिचौर स्थित मोति बराहमा निर्माण गरिएको १०८ धाराको शनिबार उद्घाटन गरिएको छ । समुन्द्री सतह देखि २२ सय मिटर उचाइमा रहेको धार्मिक एवम् पर्यटकीय स्थल मतिचौरमा धार्मिक…

thumbnail

म्याग्देली चेली दीया पुनले गरिन सगरमाथा आरोहण

म्याग्दी । अभिनेत्री दीया पुनले शुक्रबार बिहान सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, शिख घर भएकी नेपाली चलचित्रकी नायिका दिया पुनले विश्व किर्तिमानधारी निर्मल पूर्जाको एलिट एक्सपिडिसन आरोही दलमार्फत…