अब सातामा शुक्रबार पनि सेयर बजार खुल्ने

काठमाडौँ । आगामी जेठदेखि शुक्रबार पनि धितोपत्र बजार (सेयर बजार) खुल्ने भएको छ । यसअघि सातामा पाँच दिन (आइतबारदेखि बिहीबारसम्म) मात्र खुल्दै आएको बजार अब भने शुक्रबार पनि खुल्ने भएको हो । उसो त सरकारले आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार, सातामा दुई दिन विदा दिने निर्णय गरेसँगै धितोपत्र बजार समेत प्रभावित हुने भएपछि धितोपत्र बोर्डले बजारलाई शुक्रबार पनि खुल्ला गर्न लागेको हो ।

शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पुँजी बजारसम्बन्धी ‘परिपक्व पुँजीबजार छलफल’ कार्यक्रममा बोल्दै धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सेयर बजार पाँचै दिन खुल्ने गरि शुक्रबार पनि बजार खुल्ला राख्न नेप्सेलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो ।योसँगै अब आइतबारको सट्टा शुक्रबार सेयर बजार खुल्ने भएको छ ।

सरकारले पछिल्लो समय बढ्दो आयात, घट्दो रेमिट्यान्सका बीच निरन्तर बढ्दो व्यापार घाटाको चाप र विदेशी मुद्राको सञ्चितिलाई सन्तुलनमा राख्न भन्दै पेट्रोलियम पदार्थको खपत कम गर्न सातामा दुई दिन (आइतबार र शनिबार) विदा दिने निर्णय गरेको छ । यसले सातामा पाँच दिन मात्र कारोबार हुने सेयर बजार अब के हुन्छ रु आम सरोकारवाला पक्ष, लगानीकर्ताहरुमा अन्योलता थियो । यसै अन्योलताका बीच धितोपत्र बोर्डले आइतबारको सट्टा शुक्रबार पनि बजार खोल्ने निर्णय गरेको हो । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

धवलागिरी गाउँपालिकाको ४० करोड ४९ लाख ४९ हजार रुपैयाँ बजेट पारित

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल  ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…

thumbnail

रघुगंगा गाउँपालिकाको ४६ करोड ८६ लाख २५ हजार रुपैयाँ बजेट पारित

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…

thumbnail

मंगला गाउँपालिकाको १३ औँ गाउँसभा : ४२ करोड ३४ लाखको बजेट पारित

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…