अमेरिकाबाट छुट्टी मनाउन आएका थिए दिदीबहिनी, आमा–बाबुसहित परे जहाज दुर्घटनामा

काठमाडौँ । गोरखाको एकै परिवारका चार जनाको मुस्ताङमा जहाज दुर्घटनामा परेर निधन भएको छ।आइतबार बिहान ९:५५ बजे पोखराबाट मुस्ताङको जोमसोमतर्फ उडेको तारा एयरको जहाज १०:०७ बजेदेखि सम्पर्कविहीन थियो।सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ सानुसरेमा उक्त जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।

गोरखाको सहिदलखन गाउँपालिका वडा नम्बर ५ तीनमाने घर भई काठमाडौंको पुतलीसडक बस्दै आएका ५२ वर्षीय गणेशनारायण श्रेष्ठसहित उनका परिवार जहाज दुर्घटनामा परेका हुन्।अमेरिकामा पढ्दै आएका दुई छोरीहरू छुट्टी मनाउन नेपाल आएका थिए। उनीहरू वैशाख ३० मा काठमाडौं ओर्लिएका थिए।

छोरीहरू २३ वर्षकी रोजिना श्रेष्ठ, २० वर्षकी रविना श्रेष्ठ र श्रीमती ४८ वर्षीया रश्मी श्रेष्ठसहित गणेशनारायण मुक्तिनाथ दर्शन गर्न जाने क्रममा तारा एयरको जहाज दुर्घटनामा परेका छन्।वडाध्यक्ष यमबहादुर रानाले एकै घरका चार जना जहाज दुर्घटनामा परेको खबर आएको बताउनुभयो । उहाँकाअनुसार अमेरिकामा रहेका छोरा करिब २६ वर्षका रोशन श्रेष्ठ भने स्वदेश फर्कदैछन्।

‘आमा–बुवा र बहिनीहरू जहाजमा परेको खबरपछि रोशन अमेरिकाबाट नेपाल आउँदैछन्,’ वडाध्यक्ष रानाले भन्नुभयो, ‘मंगलबार बिहान रोशन काठमाडौं उत्रनेछन्।’रोशन करिब पाँच वर्षअघि पढाइकै सिलसिलामा अमेरिका पुगेका थिए। तीन वर्षअघि रोजिना र एक वर्षअघि रविना अमेरिका गएको राना बताउँछन्। उनीहरू पनि पढाइकै लागि अमेरिका गएका हुन्।

गणेशनारायणको परिवार तारा एयरको जहाज हराइरहेको खबरपछि उनका गोरखास्थित छिमेकी विजय पुडासैनी, गाउँपालिका अध्यक्ष रमेश थापालगायत केही गाउँलेहरू आइतबार पोखरा पुगेका थिए।‘रोजिना र रविना अमेरिकामै पढ्ने हो। उनीहरू छुट्टीमा नेपाल आएका थिए,’ पुडासैनीले भन्नुभयो, ‘रोजिनाले पिएचडी गर्दै थिइन्, रविनाले कम्प्युटर इन्जिनियरिङ पढ्दै थिइन्।’ उनीहरू पहिले भने बुढानिलकण्ठ स्कुल पढेका थिए।

गणेशनारायण कम्प्युटरलगायत सामग्री सप्लाइ गर्ने कम्पनीमा काम गर्दै आएका थिए।‘मुक्तिनाथ दर्शन र त्यहाँ पुगेका बेला कम्पनीका पनि केही काम गर्न उहाँ जानुभएको भन्ने बुझियो,’ उहाँले भन्नुभयो, ‘तर गन्तव्यमा पुग्न नपाई जहाज दुर्घटनामा पर्‍यो।’ गणेशनारायणको परिवारले जहाजमा चढ्नुअघि अमेरिकामा रहेका छोरासँग कुराकानी पनि गरेका थिए।

गणेशनारायण २०४३ सालदेखि काठमाडौंको पुतलीसडकमा बस्दै आएका थिए। उनको स्थायी घर भने गोरखा तीनमानेमा छ। ‘उहाँहरू मुक्तिनाथ दर्शन गरेर फर्केपछि गोरखास्थित घर पनि जाने कुरा रहेछ, तर पाउनुभएन,’ उहाँले भन्नुभयो । तारा एयरको ९ एन एइटी जहाजमा उनीहरूसहित २२ जना थिए। जहाज क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेलले उडाएका थिए। एयर होस्टेस कृष्मी थापा थिइन् भने १९ जना यात्रु थिए। सेतोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

अफगानिस्तानका भूकम्प पीडितहरुलाई राष्ट्रसङ्घीय एजेन्सीहरूको सहयोग

एजेन्सी । अफगानिस्तानका भूकम्प पीडितहरुका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूले सहयोग गरिरहेका राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिएका छन् । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार संयुक्त राष्ट्रसङ्घीय निकायहरुले अफगानिस्तानका भूकम्प पीडितहरुलाई…

thumbnail

पत्नीको घाँटी थिचेर हत्या, पति र ससुरा पक्राउ

धनुषा । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले पति र ससुरालाई पक्राउ गरेको छ । धनुषाको शहिदनगर नगरपालिका–८ नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर हत्या गरेको आरोपमा उनका पति रामचन्द्र मण्डल खत्वे…

thumbnail

मृत्यु भएको साढे २ महिनापछि अमृताको अन्त्येष्टि हुँदै

बुटवल । शंकास्पद मृत्यु भएकी रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ जानकी नगरकी अमृता खत्री टण्डनको साढे २ महिनापछि अन्त्येष्टि गरिँदैछ । घर पक्षले अमृताको छोराको शिक्षा–दीक्षाका लागि १४ लाख रुपैयाँ दिने…