आगामी आर्थिक वर्षको बजेट उत्कृष्ट : वर्षमान पुन

काठमाडौँ । नेकपा माओवादी (केन्द्र) का नेता वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि उत्कृष्ट बजेट आएको बताउनुभएको छ । प्रतिनिधिसभामा बजेटमाथि छलफल गर्दै उहाँले बजेट सकारात्मक आएको बताउनुभएको हो। त्यसैले आगामी वर्षको बजेटलाई समर्थन गर्न कुनै पनि राजनीतिक दलले हिचकिचाउन नपर्ने समेत उहाँले बताउनुभयो ।

पुनले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नु नै बजेटको मुख्य आकर्षण भएको बताउनुभयो । उहाँले बाँझो जमिनलाई उपयोग गर्ने नीति, धान, गहुँ, मकै लगायत बालीको न्यूनतम समर्थन मूल्य तोक्ने र कृषक पेन्सन योजना उत्कृष्ट रहेको बताउनुभयो । यस्तै, आगामी आर्थिक वर्ष धान, गहुँ, मकै र फलफूलको आयात ३० प्रतिशतले घटाउने लक्ष्य समेत स्वागतयोग्य रहेको पुनको भनाइ छ ।

‘कृषिजन्य र औद्योगिक उत्पादन बढाएर रोजगारी सिर्जना गर्ने र गरिबी हटाउने लक्ष्य बजेटले लिएको छ,’ पुनले भन्नुभयो, ‘प्रधानमन्त्री रोजगार कार्यक्रमले २ लाखलाई रोजगारी दिने घोषणा बजेटमा राखिएको छ ।’ यस्तै, थप ५ लाखलाई रोजगारी सिर्जना गर्ने लक्ष्य समेत स्वागतयोग्य रहेकाले बजेट समग्रमा प्रशंसनीय आएको पुनको भनाइ छ ।

प्रत्येक वर्ष नेपालमा ५ लाख युवा रोजगार बजारमा आउने र ५० हजारमात्रै रोजगारी सिर्जना हुने गरेको छ । जसमध्ये बाँकी ४ लाख ५० हजार युवा विदेशीने गरेका छन् । जुन, आगामी वर्षको बजेटले रोजगारीलाई प्राथमिकतामा राख्दै विदेशीने युवालाई स्वदेशमै राख्ने नीति लिएको पुनको भनाइ छ । यसका साथै, कृषि उत्पादन र औद्योगिक उत्पादन बढाउँदै ८ लाख मानिसलाई गरिबीको रेखाबाट माथि उकास्ने विषय समेत स्वागतयोग्य रहेको पुनले बताउनुभयो । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

५७ अंकले बढ्यो सेयर बजार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ सय अंकतर्फ अघि बढेको छ । पछिल्लो समय निरन्तर उच्च अंकले वृद्धि भइरहेको नेप्से परिसूचक आज पनि ५७ अंकले बढेको छ । साताको पहिलो…

thumbnail

प्रदेश १ को बजेट बहुमतले पारित

मोरङ । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको विनियोजन विधेयक (बजेट) बहुमतले पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकले उक्त विधेयक पारित भएको हो । प्रदेश १ सरकारले आगामी…

thumbnail

सरकारले उठायो २ खर्ब ३१ अर्ब आन्तरिक ऋण

काठमाडौँ । चालु आर्थिक वर्षको चौथो त्रैमाससम्ममा सरकारले २ खर्ब ३१ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाएको छ । आर्थिक वर्षको असार अन्तसम्ममा सरकारले केन्द्रीय बैंकमार्फत विभिन्न बिल–बिजक, ऋणपत्र तथा बचतपत्र गरी…