आज २१ औं इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस

काठमाडौँ । आज २१ औं सहिद कृष्ण सेन इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस । १० बर्षे जनयुद्धका क्रममा पुलिस कष्टडीमा यातनाका कारण मारिएका कृष्ण सेन इच्छुकको सहादत भएको दिनलाई स्मृति दिवसका रुपमा मनाइन्छ ।

पत्रकार तथा सांस्कृतिकर्मी समेत रहेका इच्छुकले बलिदान दिएको दिनलाई केन्द्र मानेर जनयुद्धका क्रममा सहिद भएका शिव श्रेष्ठ, मस्त विष्ट, च्याङ्वा लामा, चुनु गुरुङ, डी कौडिन्य, ध्रुव ज्ञवाली, हर्षबहादुर शाही लगायत सम्पूर्ण सांस्कृतिक सहिदहरूको सम्मानमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घले सांस्कृतिक बलिदान दिवस मनाउँदै आएको छ ।

त्यसैगरी क्रान्तिकारी पत्रकार महासङ्घले पनि सोही दिन आफ्ना अग्रज पत्रकार कृष्ण सेन इच्छुकको स्मृति दिवस मनाउँदै आएको छ । यसै क्रममा दुवै महासङ्घको संयुक्त आयोजनामा शुक्रबार काठमाडौंमा प्रभातफेरि निकालिएको छ । तत्कालिन सांस्कृतिक सङ्गठनका केन्द्रीय अध्यक्ष समेत रहेका सेन जनादेशका सम्पादक र जनदिशा दैनिकका प्रधान सम्पादक भएर जनपक्षीय पत्रकारिता गर्दै आएका थिए ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय पार्षद समेत रहेका सेन साहित्यिक क्षेत्रमा इच्छुक नामबाट स्थापित थिए । उनका ‘शोकाञ्जली’, ‘बन्दी र चन्द्रागिरी’, तथा ‘इतिहासको यस घडीमा’ गरी तीनवटा काव्यकृति प्रकाशित छन् । सेनलाई २०५८ जेठ ६ गते काठमाडौंको मध्यबानेश्वरस्थित ह्वाइट हाउस स्कूलबाट पुलिसले गिरफ्तार गरी महेन्द्र पुलिस क्लबमा लगेर एक हप्तासम्मको चरम यातना दिएर हत्या गरेको थियो । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

तमानखोला गाउँपालिकाद्धारा बालगृह सञ्चालन

म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ ।…

thumbnail

मधेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजार दिने

जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै शहीदका सन्तानलाई अध्ययनका…

thumbnail

झम्सिखेलमा नयाँ जडान गरिएको ट्राफिक लाइट उद्‍घाटन

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन झम्सिखेल, सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाइट जडान गरी आजबाट सञ्चालनमा ल्याइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले ललितपुर महानगरपालिका वडा…