आठराइ त्रिवेणीको कार्यपालिकामा एमालेको वर्चश्व

ताप्लेजुङ । ताप्लेजुङको आठराइ त्रिवेणी गाउँ कार्यपालिकामा एमालेले सुविधाजनक बहुमत कायम गर्दा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी शून्य भएका छन्।

१३ सदस्यीय कार्यपालिकामा ५ वटा वडामध्ये एउटा वडाध्यक्ष जितेको माओवादी केन्द्रका एकजना सदस्य बाहेक अरु सबै १२ जना एमालेका रहने छन् । त्यहाँ एमालेले अध्यक्ष र उपाध्यक्षसहित ५ मध्ये ४ वटा वडामा विजय हासिल गरेको थियो। निर्वाचित महिला सदस्यमध्येबाट कार्यपालिकामा जाने ४ जनामा बिष्णुकुमारी तामाङ, शान्ता गुरुङ, शारदाकुमारी बिमली र सीता बराईली निर्वाचित भएका छन्।

यस्तै दलित वा अल्पसंख्यकतर्फका मतदातामध्येबाट कार्यपालिकामा जाने २ जनामा मनकुमारी नेपाली र सन्तोष राई निर्वाचित भएका छन्। निर्वाचित महिला सदस्यमध्येबाट कार्यपालिकामा जाने ४ र दलित वा अल्पसंख्यकमध्येबाट कार्यपालिकामा जाने २ पदमा निर्वाचित हुने सबै एमालेका हुन्। nagariknews.nagariknetworkबाट

सम्बन्धित समाचार

thumbnail

हिलाम्मे सडकमा धान रोपाइँ !

म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…

thumbnail

कोरोना महामारीको भत्ता नपाएपछि भीम अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

बुटवल । सरकारले दोस्रो चरणको कोरोना महामारीको जोखिम भत्ता एक वर्ष बढी समय पुग्दा समेत नदिएको भन्दै भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले आन्दोलनको चेतावनी दिएका छन् । पटक–पटक जोखिम भत्ता उपलब्ध गराउन आग्रह…

thumbnail

रामचन्द्र पौडेलको प्रश्न : रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेताहरुले कुरा समाजवादको गर्ने तर व्यवहार त्यस अनुसार नगरेको आरोप लगाउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : चुनौती र सम्भावना शीर्षकको कार्यक्रममा…