आयोगको निर्देशनपछि औरहीमा मतगणना सुरु

सिरहा । सिरहाको औरही गाउँपालिकामा मतगणना सुरु गर्ने सहमति भएको छ । सर्वदलीय बैठकबाट सो सहमति भएको निर्वाचन अधिकृत पिताम्बर गौतमले जानकारी गराउनुभयो । मतपेटिकाको सुरक्षण शील तोडिएको भेटिएपछि हिजोदेखि मतदान स्थगित भएको थियो ।

स्थानीय प्रशासन ऐन तथा निर्वाचन कसुर तथा सजाय ऐन २०७३ अनुसार चुनाव गराउन निर्वाचन आयोगबाट निर्देशन आएको निर्वाचन अधिकृत पिताम्बर गौतमले बताउनुभयो । आयोगले निर्वाचन अधिकृतको कार्यालय औरही गाउँपालिका र जिल्ला प्रशासन कार्यालय सिरहालाई दिएको निर्देशन अनुसार मतगणना कार्यमा अवरोध सृजना गर्न खोजेको खण्डमा जो कोहीलाई स्थानीय प्रशासन ऐन तथा निर्वाचन कसुर तथा सजाय ऐन २०७३ अनुसार सख्त कारवाही गर्ने भनिएको छ ।

आवश्यक सुरक्षा व्यवस्था मिलाई मतगणना प्रकृया अगाडि बढाएर निर्वाचनको परिणाम घोषणा गर्न आयोगले निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । माओवादी केन्द्र र नेपाली काँग्रेसलगायतका दलले सुरक्षण शील कसरी भाँचियो त्यसको अनुसन्धान गर्नका लागि सीसी क्यामराको फोटो तथा भिडियो हेर्न माग गरेका थिए । सो माग अनुसार सीसी क्यामराको फोटो तथा भिडियो हेर्न दिने तर मतगणना नरोकिने निर्वाचन अधिकृत गौतमले बताउनुभयो ।

तर माओवादी केन्द्र र काँग्रेसका प्रतिनिधिले सीसी क्यामराको भिडियो र फोटो हेरेपछि मात्र मतगणना गर्नुपर्ने अडानमा छन् । उनीहरूले निर्णयमा हस्ताक्षर समेत गरेका छैनन् । तैपनि निर्वाचन अधिकृतले मतगणना कार्य सुरु गरेका छन् । औरही गाउँपालिकाको ५, ४, ३ र २ वडाको मतगणना भइसकेको छ । चारवटा वडामध्ये ४ नम्बर वडा माओवादी केन्द्रले जितेको छ भने तीनवटा वडा जसपाले जितेको छ । हालसम्म अध्यक्ष र उपाध्यक्षमा जसपाले अग्रता लिएको छ । रातोपाटीबाट

 

सम्बन्धित समाचार

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

देश विदेशका खर्चबाट अभियन्ता भेटिन्छन् तर प्रतिफल बाहिर आएको छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…

thumbnail

काठमाडौंको फोहोर दुई दिन बञ्चरेडाँडामा नलैजाने

काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…