इद पर्वले समुन्नत र समृद्ध समाज निर्माणका लागि प्रेरणा प्रदान गरोस् : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान ईद पर्वले इस्लाम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा ईद (ईदउलफित्र)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उक्त विश्वास व्यक्त गर्नुभयो। उहाँले पर्वले नेपालीहरू बीच राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ गरी सभ्य, समुन्नत र समृद्ध समाज निर्माणका लागि प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभयो।

‘ईद पर्वले विविधतायुक्त नेपाली समाजमा विद्यमान सहिष्णुता र सहकार्यको संस्कृतिलाई थप सुदृढ बनाउन मद्दत पु¥याएको छ’, सन्देशमा भनिएको छ, ‘इस्लाम समुदायमा रहेको दान गर्ने परम्पराका साथै ईदको अवसरमा मान्यजनबाट आशिर्वाद लिने एवं आपसमा खुसी आदानप्रदान गर्ने प्रचलनले नेपाली संस्कृतिमा अन्तर्निहित प्रबल मानवीय पक्षलाई प्रतिविम्वित गर्दछ ।’

सन्देशमा विविधता नै नेपाली समाजको पहिचान र सामथ्र्यको रूपमा रहिआएको उल्लेख गर्दै भनिएको छ, ‘मुलुकमा रहेका अनेकौँ जातजाति, भाषा, धर्म र संस्कृतिलाई एकताको एउटै मालामा गाँसेर हाम्रो संविधानले सबैलाई समान अवसर प्रदान गरेको छ, संविधानको यस पवित्र भावनालाई आत्मसात् गरी नेपाली राष्ट्रियता र राष्ट्रिय एकताको प्रवद्र्धन गर्नु हामी सबैको साझा कर्तव्य हो ।’ रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

नगरपालिकाद्वारा विद्यालयलाई ल्यापटप वितरण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाद्वारा आज (बिहीबार) नगरपालिकाअन्तर्गत विभिन्न वडामा सञ्चालनमा रहेका विद्यालयहरुलाई ल्यापटप वितरण भएको छ । नेपाल सरकारको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगरपालिकालाई प्राप्त सशर्ततर्फको कार्यक्रमबाट विद्यालयलाई ल्यापटप…

thumbnail

सिङ्गामा महिलाहरुको पाठेघर खस्ने रोगको स्क्रिनिङ सम्बन्धी भिआइए परीक्षण

निःशुल्क स्वास्थ्य शिविरबाट ग्रामीण भेगका सर्वसाधारणहरु लाभान्वित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा हिँजो (बुधवार) बेनपा–४, सिङ्गामा निःशुल्क स्वास्थ्यसम्बन्धी शिविर सम्पन्न भएको छ । महिलामा पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङपेशरी तथा भिआइए जाँचसम्बन्धी…

thumbnail

तमानखोला गाउँपालिकाद्धारा बालगृह सञ्चालन

म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ ।…