उत्तर कोरियाले गर्‍यो एकैपटक तीनओटा मिसाइल प्रहार

एजेन्सी । उत्तर कोरियाले तीन वटा व्यालिस्टिक मिसाइल प्रहार गरेको छ । उत्तरले बुधबार पूर्वी तटको सागरमा तीन वटा मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले एसिया भ्रमण सकेर स्वदेश प्रस्थान गरेको केही घन्टापछि उत्तरले तीन ओटा मिसाइल प्रहार गरेको हो । क्वाड शिखर सम्मेलनमा सहभागी हुन बाइडेन टोकियो आएका थिए । भ्रमणका क्रममा उनी दक्षिण कोरिया पनि पुगेका थिए ।

उत्तरले करिब दुई सातापछि फेरि मिसाइल प्रहार गरेको हो । सन् २०२२ को सुरुदेखि नै उत्तर कोरियाले बारम्बार मिसाइल प्रहार गर्दै आएको छ । उत्तरले बुधबार प्रहार गरेको मिसाइल १७औँ हो । उत्तर कोरियाको राजधानी प्योङयाङको सुनान क्षेत्रबाट करिब एक घण्टाको अन्तरालमा मिसाइल प्रक्षेपण गरिएको दक्षिण कोरियाको संयुक्त चिफ अफ स्टाफले जनाएको छ । नागरिक खबरबाट

 

सम्बन्धित समाचार

thumbnail

विश्वकपका १८ लाख टिकट बिक्री

दोहा । कतारमा नोभेम्बरमा आयोजना हुन लागेको विश्वकप फुटबल प्रतियोगिताका लागि आयोजक फिफाले १८ लाख टिकट बिक्री भएको र थप टिकट बिक्री जुलाई ५ बाट खोलिने बताएको छ। विश्वकपका लागि फिफाले आयोजक…

thumbnail

वार्ताबाट युक्रेन युद्ध टुङ्ग्याउन प्रधानमन्त्री मोदीको सुझाव

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिकरूपमा सम्पन्न देशहरूको समूह (जी सेभेन) को बैठकमा युक्रेन द्वन्द्व वार्ता र कूटनीतिक माध्यमबाट खाज्नुपर्नेमा जोड दिनुभउको छ । ‘प्रधानमन्त्री मोदीले युक्रेन युद्धबारे भारतको अडान स्पष्ट…

thumbnail

राजधानी टोकियो आसपासमा वत्ती निभाउन जापान सरकारको आग्रह

काठमाडौं । जापान सरकारले राजधानी टोकियोसहित आसपासका बासिन्दालाई कम वत्ती बाल्न आग्रह गरेको छ । गर्मीका कारण माग बढेकाले आपूर्तिमा समस्या आउने भन्दै आर्थिक, व्यापार तथा उद्योग मन्त्रालयले अनावश्यक वत्तीहरु निभाउन आग्रह…