उम्मेदवारको मृत्युपछि यी स्थानीय तहको निर्वाचन सर्‍यो

काठमाडौँ । विभिन्न स्थानीय तहमा उम्मेदवारहरुको मृत्यु भएपछि निर्वाचन आयोगले ती ठाउँको निर्वाचन कार्यक्रममा संशोधन गरेको छ । केहीमा भने नयाँ निर्वाचन कार्यक्रम नै तय गरिएको छ ।

कपिलवस्तुको महाराजगंग नगरपालिकाको निर्वाचन जेठ ३ मा गर्ने भएको छ । नगरपालिकाको कांग्रेसको तर्फबाट उपमेयरको उम्मेदवार शुभावती कर्मीको मंगलबार मृत्यु भएपछि नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । त्यस्तै दाङको तुलसीपुर नगरपालिकाको वडा नम्बर १७ को निर्वाचन पन जेठ ३ लाई तय गरिएको छ ।

एमालेकोतर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका लभरु चौधरीको मंगलबार मृत्यु भएपछि आयोगले नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो । वैशाख २७ अघि मृत्यु भएको पालिकाको निर्वाचन भने शुक्रबार नै हुने गरी निर्वाचन कार्यक्रम संशोधन गरिसकेको छ । कपिलवस्तुकै कपिलवस्तु नगरपालिका वडा नम्बर १० मा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका वडा सदस्य राजेन्द्र चौधरी थारु वैशाख २३ मृत्यु भएको थियो ।

आयोगका अनुसार सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर ६ को कांग्रेसको तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी मडुवादेवी चमारको वैशाख १४ मा मृत्यु भएको थियो । त्यस्तै रौतहट वृन्दावन नगरपालिका वडा नम्बर ५ मा जनता समाजवादी पार्टीबाट महिला सदस्यमा उम्मेदवारी दिएकी मिना देवीको पनि वैशाख १६ मा मृत्यु भएकी थिइन ।

आयोगले संशोधिन निर्वाचन कार्यक्रम अनुसार शुक्रबार निर्वाचन गराउन लागेको हो । यस्तै मोरङको केरावारी गाउपालिका २ मा कांग्रेसका वडा सदस्य उम्मेदवार नवीन लिम्बूको वैशाख १६ मा मृत्यु भएको थियो । यहाँ पनि निर्वाचन कार्यक्रम संशोधन गरिएको छ । कपिलवस्तुकोबुद्धभूमि नगरपालिका नम्बर ८ मा एमालेका तर्फबाट वडा अध्यक्ष उम्मेदवार ओमप्रकाश तिवारीको पनि वैशाख १६ मृत्यु भएको थियो ।

रुपन्देहीको मर्चवारी गाउँपालिकामा एमालेको तर्फबाट उम्मेदवारी दिएका वडा नम्बर ३ की दलित महिला सदस्य कसुमी पासिनको मृत्यु भएको थियो । सिराहा नगरपलिकामा एमालेको तर्फबाट वडा नम्बर ५ मा वडा सदस्य दिएकी मुना सेखको पनि वैशाख २३ मा मृत्यु भएपछि निर्वाचन कार्यक्रम संशोधन गरेर मतदान शुक्रबार हुने भएको हो । ekantipurबाट

सम्बन्धित समाचार

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

देश विदेशका खर्चबाट अभियन्ता भेटिन्छन् तर प्रतिफल बाहिर आएको छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…

thumbnail

काठमाडौंको फोहोर दुई दिन बञ्चरेडाँडामा नलैजाने

काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…