एआइजीपी थापा बुधबारदेखि काममा फर्कने

काठमाडौँ । सरकारले आइतबार मन्त्रिपरिषद् बैठकबाट नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट बनेका प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा बुधबारबाट काममा फर्कने हुनुभएको छ ।

सोमबार साँझ गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेलाई भेटेर आफू बुधबारबाट काममा फर्कने बताएको गृहमन्त्रीका प्रेस सल्लाहकार मधुसुदन भट्टराईले जानकारी दिनुभयो ।

‘म बुधबारदेखि संगठनको पूर्ववत् काममा फर्कन्छु,’ अतिरिक्त महानिरीक्षक थापाले भन्नुभयो, ‘मंगलबार सरकारी बिदा छ । बुधबार हाजिर गरेर काम सम्हाल्छु ।’उहाँ प्रहरीको कार्य विभाग प्रमुख हुनुहुन्छ । कार्य विभाग प्रमुख निर्वाचन हेर्ने प्रमुख भएकाले उहाँले नै प्रहरीको स्थानीय निर्वाचनको प्रमुख भएर काम गरिरहनुभएको छ । नागरिक खबरबाट

सम्बन्धित समाचार

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

देश विदेशका खर्चबाट अभियन्ता भेटिन्छन् तर प्रतिफल बाहिर आएको छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…

thumbnail

काठमाडौंको फोहोर दुई दिन बञ्चरेडाँडामा नलैजाने

काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…