एमालेले मात्रै देशमा स्थिरता दिन सक्छ : ओली

धनगढी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देशमा स्थिरता र स्थायित्व दिन सक्ने बताएका छन् ।सो पार्टीद्वारा धनगढीमा आयोजित चुनावी सभामा पूर्वप्रधानमन्त्री ओलीले नेपाललाई विकास र सुशासनको बाटोमा लैजान स्थिरता र स्थायित्वको आवश्यकता रहेकोमा जोड दिँदै एमालेले मात्रै स्थिरता दिन सक्ने बताउनुभयो।

उहाँले भन्नुभयो,’राष्ट्रियताको संरक्षण र देशमा विकास र समृद्धि ल्याउन सक्ने शक्ति एमाले मात्रै हो । अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले रोएपछि कांग्रेसले मञ्च दिएको बताउनुभयो । पहिलो दिन विराटनगरमा कांग्रेसले बोल्न नदिएको भन्दै चितवनमा बोल्न प्रचण्डले शेरबहादुर देउवालाई गुहारेको उहाँको भनाइ छ ।

‘हिजो उहाँहरुले विराटनगरमा बोल्न पाउनुभएको थिएन । चितवनमा बोल्न शेरबहादुरसँग रुनै पर्‍यो,’ उहाँले भन्नुभयो, ‘मेरो छोरीलाई भोट माग्न जाने मै बोल्न नपाउने भनेपछि कमसेकम मञ्चमा जान त पाउनुभयो ।’ माधव नेपाललाई लक्षित गर्दै ओलीले ३० गतेपछि सबैको अवस्था थाहा हुने बताउनुभयो । ‘एमालेलाई १५ वर्ष चुकेका व्यक्तिले एमालेलाई टर्च बालेर खोज्नुपर्छ भनेर भनेछन्,’ उहाँले भन्नुभयो,’टर्च बाल्नुपर्छ कि पर्दैन धनगढी हेर्न आउनु, ३० गतेपछि थाहा पाउने गर्छौँ कसलाई टर्च बालेर खोज्नुपर्छ ।’ नागरिक खबरबाट

सम्बन्धित समाचार

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

देश विदेशका खर्चबाट अभियन्ता भेटिन्छन् तर प्रतिफल बाहिर आएको छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…

thumbnail

काठमाडौंको फोहोर दुई दिन बञ्चरेडाँडामा नलैजाने

काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…