काठमाडौंका मेयर बालेन शाहले आज पदभार सम्हाल्ने

काठमाडौँ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले आज पद तथा गोपनीयताको सपथ लिएर पदभार सम्हाल्ने हुनुभएको छ ।

वैशाख ३० मा भएको स्थानीय चुनावबाट स्वतन्त्र उम्मेदवार शाह मेयर निर्वाचित भएका थिए।बालेन ६१ हजार सात सय ६७ मत ल्याएर मेयरमा निर्वाचित हुनुभएको थियो । उहाँको निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट मेयर उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार तीन सय ४१ मत ल्याउनुभएको थियो।

नेकपा एमालेबाट मेयर उम्मेदवार केशव स्थापितले ३८ हजार एक सय १७ मत ल्याउनुभएको थियो । मेयर निर्वाचित भएका शाहलाई आज पद तथा गोपनीयताको सपथ गराउने कार्यक्रम छ । सोमबार बिहान ११ बजे राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा आयोजित कार्यक्रममा मेयर शाह, उपमेयर सुनिता डंगोल, ३२ वडाकै वडाध्यक्ष र सदस्यहरूले सपथ लिने र त्यसपछि पदभार ग्रहण गर्ने कार्यक्रम छ। सेतोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

देश विदेशका खर्चबाट अभियन्ता भेटिन्छन् तर प्रतिफल बाहिर आएको छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…

thumbnail

काठमाडौंको फोहोर दुई दिन बञ्चरेडाँडामा नलैजाने

काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…