कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले अनुपस्थित

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख विपक्षी नेकपा एमाले अनुपस्थित भएको छ ।
बजेट अधिवेशनको पहिलो दिन सभामुख अग्नि प्रसाद सापकोटाले संसद भवनमै कार्यव्यवस्था परामर्श समितिको बैठक राखेको थिए । तर, उक्त बैठकमा एमाले सहभागी नभएको हो ।

संघीय संसद सचिवालयका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा जारी छ ।एमालेले यसअघि पनि कार्यव्यवस्था परामर्श समितिको बैठक बहिष्कार गर्दै आएको थियो । एमालेले २३ भदौ २०७८ देखि संसदमा निरन्तर अवरोध गर्दै आएको छ । पार्टी विभाजनमा सभामुख सापकोटाको समेत भूमिका रहेको आरोप लगाउँदै एमालेले सभामुखले नै निकास दिनुपर्ने माग राख्दै आएको छ ।

माधव नेपालसहित १४ जना सांसदलाई पार्टीले गरेको कारबाही सम्बन्धी सूचना टाास गर्नुपर्ने एमालेको माग छ । सांसदलाई कारबाही गरेको सूचना नटाँसे सभामुखले राजीनामा दिनुपर्ने एमालेको शर्त छ । एमालेका यी दुवै माग पूरा नहुँदा एमालेले संसदमा अवरोध गर्दै आएको छ । एमालेले हालसम्म एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीको अस्तित्व स्वीकार गरेको छैन ।

एकीकृत समाजवादी पार्टीको अस्त्विमाथि प्रश्न उठाउँदै एमालेले उक्त पार्टीका सांसदलाई गैर सांसदको संज्ञा दिएर नारावाजी गर्दै आएको छ । तर, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको ९ महिना भैसक्यो । पार्टीले स्थानीय तहको चुनावमा भाग लिइसकेको छ। एकीकृत समाजवादीका प्रतिनिधिलाई मतदाताले पनि कतिपय ठाउँमा जिताइसकेका छन् । तर, एमालेले पार्टीकै अस्तित्व अस्वीकार गर्दै संघीय संसदमा अवरोध गर्दै आएको छ । अनलाइनखबरबाट

 

सम्बन्धित समाचार

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

देश विदेशका खर्चबाट अभियन्ता भेटिन्छन् तर प्रतिफल बाहिर आएको छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…

thumbnail

काठमाडौंको फोहोर दुई दिन बञ्चरेडाँडामा नलैजाने

काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…