केपी ओलीलाई हिसाब बुझाउनुपर्छ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हिसाब बुझाउनुपर्ने बेला आएको बताउनुभएको छ ।उहाँले अबका चुनावबाट कांग्रेस पहिलो शक्तिका रूपमा आउने दाबी पनि गर्नुभएको हो।

ओलीले केही समयअघि पाँचदलीय गठबन्धन एकेक किलोको ढक भएको र एक क्विन्टलको एमालेले उनीहरूसँग एक्लै प्रतिस्पर्धा गर्ने बताउनुभएको थियो।ओलीका अभिव्यक्तितर्फ लक्षित गर्दै आज काठमाडौंमा भएको कार्यक्रमबाट महामन्त्री शर्माले सत्तागठबन्धनका पाँच दल एकेक किलोका सुन भएको र एमाले एक क्विन्टलको आलु भएको बताउनुभयो।

‘कांग्रेस पार्टी बलियो बन्दै गर्दा कमरेड केपी ओलीलाई लाग्यो-उहाँले भन्नुभयो एकेक किलोका ढक हुन् पाँचवटा दल, हामी एक्लै क्विन्टल हो भनेर,’ शर्माले भन्नुभयो, ‘उहाँलाई हिसाब मिलेन भने बुझाइदिनुपर्छ। हामी ५ वटा एकेक किलोका ढक नै हौं। हामी एकेक तोला हौं।

क्विन्टलचाहिँ उहाँ क्विन्टल नै हो, तर एक क्विन्टल आलु र पाँच तोला सुनको हिसाब बजारमा गएर सोध्यो भने ओलीलाई थाहा हुन्छ वास्तविकता के होरु’पाँच दलसँग एमाले एक्लै लड्ने भनेर ओलीले भने पनि कमल थापा बोकेर हिँडेको आरोप शर्माको छ।‘अघिल्लोपटक पनि राप्रपाको सहारा टेकेको एमालेले,’ उहाँले भन्नुभयो, ‘सिर्जना सिंहको नेतृत्वमा हामी महानगरमा जित्दैछौं।’ अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

नगरपालिकाद्वारा विद्यालयलाई ल्यापटप वितरण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाद्वारा आज (बिहीबार) नगरपालिकाअन्तर्गत विभिन्न वडामा सञ्चालनमा रहेका विद्यालयहरुलाई ल्यापटप वितरण भएको छ । नेपाल सरकारको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगरपालिकालाई प्राप्त सशर्ततर्फको कार्यक्रमबाट विद्यालयलाई ल्यापटप…

thumbnail

सिङ्गामा महिलाहरुको पाठेघर खस्ने रोगको स्क्रिनिङ सम्बन्धी भिआइए परीक्षण

निःशुल्क स्वास्थ्य शिविरबाट ग्रामीण भेगका सर्वसाधारणहरु लाभान्वित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा हिँजो (बुधवार) बेनपा–४, सिङ्गामा निःशुल्क स्वास्थ्यसम्बन्धी शिविर सम्पन्न भएको छ । महिलामा पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङपेशरी तथा भिआइए जाँचसम्बन्धी…

thumbnail

तमानखोला गाउँपालिकाद्धारा बालगृह सञ्चालन

म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ ।…