
हिलाम्मे सडकमा धान रोपाइँ !
म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले मेयर पदका अर्का उम्मेदवार केशव स्थापितले आफूविरुद्ध गरिरहेको टिप्पणीप्रति कुनै प्रतिक्रिया जनाइरहन आवश्यक नभएको बताउनुभएको छ ।
बरु स्थापितले गरिरहेको टिप्पणीले आफूलाई फाइदा पुगेको उहाँको भनाइ छ । ‘नरदेवीमा घरदैलो अभियानमा जाँदा केशव स्थापितले सधैँ गाली गर्ने मान्छे यही हो भनेर मलाई बुढापाकाहरुले हेर्नुभयो’ शाहले भन्नुभयो, ‘खासमा बुढापाकालाई पेनिट्रेट गर्न उहाँ मेरो ब्राण्ड एम्बेसेडर बन्नुभएको छ ।’
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा स्थापितले शाहलाई ‘केशव स्थापितलाई जिताउँ, लौरोमा भोट हालौं’ भनेर प्रचार गरेको आरोप लगाउनुभएको थियो । शाहले भने स्थापितको आरोप अस्वीकार गर्दै त्यसरी प्रचार गर्न जरुरी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यसरी प्रचार गर्न हामीलाई जरुरत नै छैन, कुनै मिम बनेका हुनसक्छन् । त्यसबारे जानकारी छैन ।’ स्थापितले शाहसँग दुई घण्टा चिया भेट भएको र खिचापोखरीबारे सोधेको सुनाउनुभएको थियो ।
तर बालेन शाहले भने हालसालै स्थापितसँग कुनै कुराकानी नभएको बताउनुभयो । ‘चार महिनाअघि उम्मेदवारी दिने प्रारम्भिक छलफलकै सिलसिलामा उहाँसँग भेट भएको हो,’ उहाँले भन्नुभयो, ‘तर त्यस्तो विषयमा कुनै कुराकानी भएको थिएन ।’ त्यतिबेला अन्य पार्टीका नेताहरुसँग पनि त्यसै गरी भेट गरेर छलफल गरेको शाहले बताउनुभयो । अनलाइनखबरबाट
म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…
बुटवल । सरकारले दोस्रो चरणको कोरोना महामारीको जोखिम भत्ता एक वर्ष बढी समय पुग्दा समेत नदिएको भन्दै भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले आन्दोलनको चेतावनी दिएका छन् । पटक–पटक जोखिम भत्ता उपलब्ध गराउन आग्रह…
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेताहरुले कुरा समाजवादको गर्ने तर व्यवहार त्यस अनुसार नगरेको आरोप लगाउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : चुनौती र सम्भावना शीर्षकको कार्यक्रममा…