गठबन्धनका उम्मेद्वारको रत्नैचौरमा आमसभा, बस्ती–बस्तीमा घरदैलो (तस्बिरहरु)

बेनी । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको साझा उम्मेद्वारको टोलीले मंगलबार बेनी नगरपालिका–१, रत्नेचौरमा सभा तथा वडाको विभिन्न टोलमा चुनाव प्रचार कार्यक्रम गरेका छन् । रत्नेचौरमा आमसभामा गरी मेयरका उमेद्वार काँग्रेसका चिरञ्जिवी शर्मा र उपमेयरका उमेद्वार माओवादीका ज्योती लामिछाने पौडेले लामागरा, सारेमारे, उपल्लाचौर, माथिल्लो र तल्लो अर्जममाघरदैलो गरेका हुन् ।

आमसभामा नेपाली कांग्रेसका पूर्व सभापति रेशमबहादुर बानियाँ, नेकपा माओवादी केन्द्रका इन्र्जाज गोविन्द पौडेल, नेकपा माओवादी केन्द्रका प्रदेश सांसद विनोद केसी, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ लगायत गठबन्धनका नेताहरूले घोषणापत्र अनुसार नै बेनी नगरपालिका बनाउने गरी अगाडी बढ्ने प्रतिबद्धता जनाएका थिए ।

गठबन्धनले संविधानको रक्षा गरेको बताउँदै तीनै तहको निर्वाचनमा गठबन्धन गरी जाने बताएका थिए । सभामा मेयर शर्मा र उपमेयर लामिछानेले रत्नेचौरको धार्मिक तथा पर्यटनक विकास, कृषि सहित साझा आवश्यकतालाई प्राथमिकता दिने प्रतिबद्धता बताएका थिए । वडाको आवश्यकताको आधारमा बजेट विनियोजन गरिने, कार्यान्वयनमा समेत समुदायलाई सक्रिय बनाउन समेत गठबन्धनलाई जिताउनुपर्नेमा नेताहरूको भनाई थियो ।

घरदैलो अभियानसँगै मतदाताहरूलाई शिक्षा समेत दिने गरी टोली परिचालन गरिने जनाइएको छ । नेपाली कांग्रेसका वडा इकाई सभापति तथा अध्यक्षका उमेद्वार कमल थापाको अध्यक्षता, नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष सुरत बोगटीको स्वागत तथा नेका महाधिवेशन प्रतिनिधि बिक्रम बोगटीको सञ्चालनमा सम्पन्न भएको थियो । घरदैलोमा वडाका उम्मेदवारले संकलन गरेको समस्याका बारेमा समेत जानकारी गराइएको थियो ।

 

सम्बन्धित समाचार

thumbnail

गलेश्वरघाम आमा समुहले नगरका जनप्रतिनिधीहरुलाई बधाई तथा स्वागत

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई दिएका छन् । शनिबार गलेश्वरघाम आमा समुहको आयोजनामा गलेश्वरमा एक कार्यक्रम बिच बेनी नगर पालिकाकामा निर्वाचित प्रमुख सुरज केसी, उपप्रमुख ज्याती लामीछाने…

thumbnail

बेनी नगरपालिकाका जनप्रतिनिधिहरुको विदाई र स्वागत (फोटो फिचर)

बेनी । म्याग्दीको बेनी नगरपालिकामा ३० बैशाखको चुनावबाट निर्वाचित भएर आएका जनप्रतिनिधिको स्वागत र निवर्तमान जनप्रतिनिधिहरुलाई स्वागत गरिएको छ । साथै सोही कार्यक्रममा निर्वाचित उपमेयर ज्योती लामिछाने सहित वडा अध्यक्ष र सदस्यहरुको…

thumbnail

पाँच पालिका र ४० वडाको मतगणना सकिँदा म्याग्दीमा कसले कहाँ जिते ?

बेनी । स्थानीय तह निर्वाचन अन्तरगत म्याग्दीका पाँच वटा स्थानीय तह र ४० वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । मतगणना सार्वजनिक भएका दुई वटा पालिकामा एमाले अध्यक्ष, उपाध्यक्ष दुवै, एक वटामा…