गलकोटको हरिचौर बजारदेखि पाण्डवखानीसम्म सडक कालोपत्रे हुने

सुरेश छन्त्याल
गलकोट । बागलुङ क्षेत्र नम्बर २ अन्तर्गत एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक कालोपत्रे हुने भएको छ । विस्तृत अध्यययन प्रतिवेदन (डिपिआर)लगत्तै उक्त सडक कालोपत्रेका लागि ठेक्का लगाइएको छ ।

गलकोट नगरपालिकाकोे हरिचौरदेखि मल्म, पाण्डवखानी, रमुवा रणसिंहकिटेनी, भीमगिठे, दर्लिङहुँदै निसीखोला प्यूठान जोड्ने सडक कालोपत्रेका लागि प्रक्रियामा गएको हो । साढे दुई वर्षभित्र आवश्यक सानाठूला पूर्वाधार निर्माणसहित सडक कालोपत्रे गर्न सडक डिभिजन कार्यालयले ठेक्का आह्वान गरेको हो । उक्त सडकसँगै तीन जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले पाँच सडक कालोपत्रेका लागि ठेक्का निकालेको जनाएको छ ।

उक्त सडक ठेक्का सम्झौता भएको साढे दुई वर्षमा १० किलोमिटर सडक कालोपत्रे भइसक्ने सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी तथा इञ्जिनियर कृष्णबहादुर खड्काले जानकारी दिए । उक्त सडकलाई झण्डै रु ४० करोडभन्दा बढी लागत अनुमानका आधारमा डिपिआर तयार गरिएको थियो ।

‘डिपिआर, वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न गरी वैशाख १५ गते पूर्वाधारसहित कालोपत्रे गर्न ठेक्का आह्वान गरेका छौँ अहिले प्रक्रियामा छ’, खड्काले भने, ‘यस क्षेत्रका सांसदले सिफारिस गरेको यस सडक ठेक्का सम्झौताको साढे दुई वर्षमा कालोपत्रे भइसक्नेछ, उक्त सडक लामो भए पनि अहिले १० किलोमिटर सडक कालोपत्र गरिनेछ ।’

झण्डै ४० किलोमिटर लामो उक्त सडक पनि सुरुको विन्दुबाट काम हुँदै जाने सडक डिभिजन कार्यालयल बागलुङले जनाएको छ । लामो समय बजेट अभावले कालोपत्रे गर्न ठेक्कामा जान नसकेको सडक यस क्षेत्रका संसद् तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बजेटको व्यवस्थापन गरेका हुन् ।

यो ठेक्काअन्तर्गत पहिलो चरणमा गलकोटको हरिचौर बजारदेखि मल्म हुँदै पाण्डवखानीसम्मको १० किलोमिटर सडक कालोपत्र हुनेछ । कालोपत्रे हुँदा यहाँका नागरिकलाई यात्रामा निकै सहजता हुने गलकोट नपा–७, मल्मका वडाध्यक्ष राजबहादुर थापाले बताए । उक्त सडकको १० किमीमा नाली, पर्खाल, कल्र्भटलगायतका पूर्वाधार निर्माणपश्चात् सडक कालोपत्रे गरिनेछ

सम्बन्धित समाचार

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

देश विदेशका खर्चबाट अभियन्ता भेटिन्छन् तर प्रतिफल बाहिर आएको छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…

thumbnail

काठमाडौंको फोहोर दुई दिन बञ्चरेडाँडामा नलैजाने

काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…