चिकित्सक लाइसेन्सको परीक्षामा ६८ प्रतिशत परीक्षार्थी अनुत्तिर्ण

काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा ६८ प्रतिशत विद्याथी फेल भएका छन् । काउन्सिलले बिहीबारदेखि शनिबारसम्म लिएको एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षाको नतिजा शनिबार साँझ प्रकाशन गरेको हो ।

परीक्षामा सहभागीमध्ये ३१ दशमलव ८४ प्रतिशत मात्रै उत्तीर्ण भएको काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो । परीक्षामा एक हजार चार सय ९४ जना विद्यार्थी सहभागी भएका थिए । सहभागी विद्यार्थीमध्ये ४७५ जना मात्र उत्तीर्ण भएका छन् । परीक्षाका लागि कुल १ हजार ५१६ जनाले फारम भरेको भएपनि २२ जना अनुपस्थित भएको र २ जनाको नतिजा रोकिएको डा. अधिकारीले बताउनुभयो ।

‘परीक्षामा एक हजार चार सय ९४ जना विद्यार्थी सामेल भएका थिए । यसपटक फेल भएका एक हजार एक सय विद्यार्थी पहिला पनि अनुत्तिर्ण भएका हुन्,’ डा. अधिकारीले भन्नुभयो,’ काउन्सिलले एउटा मापदण्ड तोकेको छ । त्यही अनुसार परीक्षा लिँदा धेरै विद्यार्थी फेल भए ।’हाल मुलुकमा जम्मा करिव ३० हजार १३३ चिकित्सक काउन्सिलमा दर्ता रहेकोमा करिब ८ हजार ८६२ बढी विशेषज्ञ चिकित्सकका रुपमा दर्ता छन् । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

म्याग्दीमा राष्ट्रिय धान दिवस तथा रोपाइँ मनाइयो (फोटो फिचर )

कृषि तथा खाद्यान्न उत्पादनलाई जोड दिनुपर्ने सरोकारवालाको भनाइ म्याग्दी । म्याग्दीमा पनि राष्ट्रिय धान दिवस मनाइएको छ । बेनी नगरपालिका कृषि शाखाको आयोजनामा १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०७९ विविध कार्यक्रमको…

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

देश विदेशका खर्चबाट अभियन्ता भेटिन्छन् तर प्रतिफल बाहिर आएको छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…