जुम्लाको गर्ज्याङकोटमा कडा सुरक्षा घेरामा मतदान पुनः सुरु

जुम्ला । स्थगित भएको जुम्लाको गुठचौर गाउँपालिका-३ गर्ज्याङकोटमा आज पुनः मतदान सुरु भएको छ । वैशाख ३० गते मतदानका क्रममा शंकर माध्यामिक विद्यालयको केन्द्रमा झडप हुँदा स्थगित भएपछि आज कडा सुरक्षाबीच मतदान सुरु गरिएको हो ।

मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाई, नेपाली सेनाका गणपति रविन थापा, सशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति चित्रांगत दाहाल, प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दसहितको सुरक्षा टिम मतदान स्थलमा छ ।

मतदान सहज गर्न ठूलो मात्रामा नेपाल प्रहरी, शशस्त्र प्रहरी र बाहिरी घेरमा नेपाली सेना खटिएका छन् । मतदान भयरहित अवस्थामा सम्पन्न हुने निर्वाचन अधिकृत शम्भु गौतमले जानकारी दिनुभयो ।

१००७ मतदाता भएको यो मतदान केन्द्रमा ३२० मत खसिसकेको थियो तर निर्वाचन स्थगित भएपछि पुनः मतदान गरिएको हो । निर्वाचन अधिकृत तुलराज चौलगाईका अनुसार समाचार तयार हुँदासम्म १८८ मत खसिसकेको छ । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

धवलागिरी गाउँपालिकाको ४० करोड ४९ लाख ४९ हजार रुपैयाँ बजेट पारित

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल  ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…

thumbnail

रघुगंगा गाउँपालिकाको ४६ करोड ८६ लाख २५ हजार रुपैयाँ बजेट पारित

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…

thumbnail

मंगला गाउँपालिकाको १३ औँ गाउँसभा : ४२ करोड ३४ लाखको बजेट पारित

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…