तिलोत्तमा नगरपालिकामा अझै मतगणना सुरु भएन

रुपन्देही । मंगलबार बिहानदेखि स्थगित भएको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणना अझै सुरु हुन सकेका छैन । मतगणनामा खटिएका कर्मचारीले गणनापछि रेकर्ड राख्दा संख्या तलमाथि भएपछि विवाद भएको थियो ।

विवाद मिलाएर मतगणना गर्ने भनिएपनि दुवै पक्षको आ–आफ्नो अडानले गर्दा सुरु हुन नसकेको निर्वाचन अधिकृत माधव लोहनीले बताउनुभयो। नगरपालिकाको वडा नम्बर १६ को मतगणना चलिरहँदा कर्मचारीले नेपाली काँग्रेसको १४१ हुन पर्नेमा ११४ राखिएको तथा नेकपा एमालेको २५९ हुनु पर्नेमा २९६ रेकर्डमा चढाएपछि काँग्रेसले विरोध जनाएको थियो ।

मंगलबार दिउँसो एमाले बाहेकका दलहरुले पत्रकार सम्मेलन गरेर मत गणनामा खटिएका कर्मचारीहरुलाई हटाउन र मतपत्रहरूको यथार्थ छानविन गरी पुनः मतगणनाको व्यवस्था मिलाउन माग गरेपछि एमालेले पुन गणना गर्न मानेको छैन । तर गठबन्धनका दलहरुले वडा नम्बर २ र १६ को पुन मत गणना हुनुपर्ने माग गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक राखेर मतगणना अघि बढाउन खोजेको भएपनि दुबै पक्ष एकै ठाउँमा बस्न नमान्दा बैठक बस्न नसकेको निर्वाचन अधिकृत माधव प्रसाद लोहनीले बताउनुभयो। रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

रघुगंगा गाउँपालिकामा लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो

म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिकामा लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रम गरि मनाइएको छ । आइतवार रघुगंगा गाउँपालिका–३ स्थित रघुगंगा माध्यमिक विद्यालय र रघुगंगा गाउँपालिका–१,तिप्ल्याङ स्थित कालिका माध्यमिक…

thumbnail

रघुगंगा नदीमा आएको बाढीले स्काभेटर बगायो

म्याग्दी । म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले स्काभेटर बगाएको छ । शनिवार राती रघुगंगा नदीमा आएको बाढीले राहुघाट जलविद्युत आयोजनाका ड्याम साइटमा काम गरेर नदी किनारमा पार्किङ्ग गरि राखेको ठाउँमा कटान गरेर…

thumbnail

आगामी निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन भुसालको माग

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले आगामी संघ र प्रदेश सभाको निर्वाचनमा प्रत्येक्षतर्फ कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन सरकारसँग माग गर्नुभएको छ। आईतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भुसालले प्रत्येक्ष…