दरबाङमा माओवादी केन्द्रको चुनावी सभा

दरबाङ । नेकपा माओवादी केन्द्रले मालिका गाउँपालिकाको केन्द्र रहेको दरबाङ बजारमा बृहत चुवानी सभा गरेको छ । बैशाख ३० गते हुने निर्वाचनमा मालिका गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष लगायत उम्मेद्वारलाई जिताउने अभियानमा आईतबार दरवाङ बजारमा चुनावी सभा गरिएको हो ।

नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समितिका संयोजक तथा मालिका गाउँपालिकाको अध्यक्षका उमेद्वार रेशम जुग्जालीको टिमलाई जिताउने अभियानमा भएको चुनावी सभामा गाउँ–गाउँबाट जनसागर उर्लिएको थियो । चुनावी सभामा सहभागि भएका नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज गोविन्द पौडेलले दरवाङमा भएको चुनावी सभामा उर्लिएको जनसागरले मालिका गाउँपालिकामा माओवादीको जित सुनिश्चित गरेको बताउनुभयो ।

मालिका गाउँपालिका अध्यक्ष पदका उम्मेदवार रेशम जुग्जालीले संघियताको मर्मअनुसार भष्ट्रचारमुक्त र शुसासन कायम गराउने अभियानसहित पाचँबर्षे विकास योजना लिएर गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बनेको बताउनुभयो । उहाँले गाउँपालिकाको नेतृत्वमा माओवादीलाई अवसर दिनुभयो भने मालिकालाई उत्कृष्ट बनाएर देखाउने प्रतिवद्धता जनाउनुभएको थियो ।

जुग्जालीले मालिका गाउँपालिकाको नेतृत्वमा तपाईहरुले मत दिएर पु¥याउनुभयो भने कर्मचारीलाई विश्वासमा लिएर नागरिकलाई छिटो, भ्रष्ट्राचार र विभेदरहित सेवा प्रवाहको वातावरण निर्माण गर्ने पहिलो काम हुने बताउनुभयो । चुनावी सभामा जुग्जालीले विज्ञहरुको सल्लाह सुझाव अनुसार सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने, गरिवको पालिकाबाट स्वास्थ्य विमा गर्ने घोषणा गर्नुभएको थियो । उहाँले गाउँपालिकाको केन्द्र देखि वडा र बस्ती जोड्ने सडकलाई बाह्रै महिना यातायात चल्ने बनाउने, विद्युतीकरणलाई पूर्णता दिने, खानेपानी सुविधा विस्तार गर्ने प्रतिवद्धता जुग्जाली जनाउनुभएको थियो ।

चुनावी सभामा शिक्षा, स्वास्थ्य, सडक खानेपानी लगायतको सुधारसंगै कृषि उत्पादनलाई बढाउने र कृषकले उत्पादन गरेका कृषि उपजबहरुको बजार सुनिश्चित र जलविद्युत योजनालाई तीव्र गतिमा संचालन तथा युवाहरुलाई रोजगारी सिर्जना लगायतको कामहरु पाचँ बर्षे कार्यकालमा पुरा गरेर छोड्ने बताउनुभएको थियो । उहाँले दरवाङ बजारमा ढल ब्यवस्थापन, खानेपानीको अभाव र सडक धुलो र हिलोले बजारबासीलाई समस्या भएको बताउदै आफ्नो कार्यकालमा सडक कालोपत्रे, ढल ब्यवस्थापन र मिटर जडित खानेपानीकोे ब्यवस्थापन गर्ने प्रतिवद्धता बजारबासीमा माझँ राख्नुभएको थियो ।

गाउँपालिका उपाध्यक्षका उम्मेद्वार गौरी सेञ्चुरीले ग्रामिण अर्थतन्त्रको आधार कृषि उपजको बजार सुनश्चितताका लागि संकलन केन्द्र खोल्ने, स्थानीय स्रोत साधनमा आधारित उद्यम व्यवसाय मार्फत महिलाहरुको आयआर्जनमा सुधार गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । उहाँले संघियताको मर्मअनुसार जनताको पक्षमा काम गर्न सक्ने योजना लिएर जनतामाझँ माओवादी केन्द्र आएको बताउदै मत दिएर बिजयी गराउन आग्रह गर्नुभएको थियो ।

नेकपा एकीकृत समाजबादीका म्याग्दीका सचिव रुद्र किसानले देशको संविधानसंगै ब्यवस्था प्रतिगामी तत्वबाट बचाउन गठनबन्धन गरेर अघि बढेको बताउनुभयो । नेकपा माओवादी केन्द्र मालिका गाउँपालिका कमिटीका अध्यक्ष दोरण शेरचनको अध्यक्षता र सचिव हिमकुमार पाईजाको संचालनमा भएको कार्यक्रममा जनसास्कृतिक कलाकारले नृत्य तथा सांगितिक प्रस्तुती राखेका थिए । माओवादीले मालिकाको सात वटै वडामा चुनावी सभा, घरदैलो र मतदाता भेटघाट सम्पन्न गरेर आईतबार दरवाङबजारमा बृहत जनसागरको उपस्थितमा चुनावी सभा सम्पन्न गरेको थियो ।

सम्बन्धित समाचार

thumbnail

बिरामीलाई अस्पताल जान वडाले नि:शुल्क एम्बुलेन्स उपलब्ध गराउने

काठमाडौँ । गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ ले बिरामीलाई अस्पताल जानका लागि एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । बिरामीलाई स्थानीय स्वास्थ्य संस्थाबाट रिफर भई थप उपचारका लागि गोरखा जिल्ला अस्पताल…

thumbnail

योजना आयोगले सिफारिस नगरेका आयोजनाले बजेट नपाउने

काठमाडौँ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा योजना आयोगबाट सिफारिस नभएका आयोजनाहरूले बजेट नपाउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आयोगबाट सिफारिस नभएका आयोजनाले…

thumbnail

गठबन्धन सही थियो भन्ने पुष्टि भयो : राष्ट्रिय जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलबीच भएको गठबन्धन सफल भएको निष्कर्ष निकालेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालयको विस्तारित बैठकले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन नेकपा एमालेलाई परास्त…