दाजुभाइबीच विवाद हुँदा गोली चल्यो

जनकपुरधाम । धनुषामा दुई पक्षबीच विवाद हुँदा गोली चलेको छ।नगराइन नगरपालिका ८ स्थित अकौरा बस्ने जामुन पासवान र नसिब पासवानबीच घरायसी विवाद हुँदा गएराति गोली चलेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार जामुन र नसिब दाजुभाइ हुन्।

दुबै पक्षबीच झगडाको क्रममा कुटाकुट हुँदा नसिब पक्षका ५० वर्षीय श्रीनारायण पासवानले जामुनमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।प्रहरीका अनुसार ७१ वर्षीय जामुनको दाहिने हातको पाखुरामा गोली लागेको छ। अहिले उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।

घटनास्थलबाट प्रहरीले दुई थान नलकटुवा पेस्तोल र १२ राउण्ड गोली बरामद गरको धनुषाका प्रहरी प्रवाक्ता डिएसपी प्रदिप क्षेत्रीले जानकारी दिनुभयो । ४, ५ वर्षदेखि दुबै पक्षबीच निरन्तर झैझगडा हुँदै आएको उहाँले बताउनुभयो । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा छानबिनका लागि ११ जनालाई नियन्त्रणमा लिएको छ।

स्थानीय ईन्द्रनारायण पासवान, अभिषेक पासवान, सोमनाथ पासवान, अजय पासवान, राजीव पासवान, धर्मेन्द्र पासवान, राजीव पासवान, प्रसादी पासवान, प्रह्लाद पासवन, विजय कुमार पासवान र राजन पासवानलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले बताउनुभयो । सेतोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

इनार सफा गर्ने क्रममा डुबेर सुर्खेतमा एक जनाको मृत्यु

सुर्खेत । इनारमा डुबेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ। जिल्लाको भेरीगंगा नगरपालिका–१० तोलीखोलामा इनार सफा गर्न गएको एक जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार भेरीगंगा…

thumbnail

बाटोमा हिँडिरहेका डाक्टरलाई कुटे ट्राफिक प्रहरीले

ललितपुर । ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत एक जना डाक्टरलाई ट्राफिक प्रहरीले कुटेका छन् । आइतबार राति पौने ९ बजे ड्युटी सकेर घर फर्किरहेका (मेडिकल अफिसर) डाक्टर कुलबहादुर घिसिङमाथि ट्राफिक प्रहरी जवान…

thumbnail

रोपाइँ गर्ने क्रममा चट्याङ लागेर किसानको मृत्यु

धनगढी । कैलालीमा चट्याङ परेर एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका-५ का ४८ वर्षीय पुनाराम चौधरीको चट्याङ लागेर मृत्यु भएको हो। मंगलबार बिहान गोदावरी नगरपालिका–३ मालाखेतीमा रेडियन्ट ग्यास कम्पनी…