दानामा कांग्रेसको चुनावी सभा

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्रबाट उम्मेदवार बनेका उम्मेदवारहरु प्रचारप्रसारको साथमा आफ्नो योजना र प्रतिबद्धतालाई लिएर जनता माझ जाने कार्यक्रमलाई तिब्रता दिएका छन् ।सोमबार पालिकाको वडा नं. ३ दानामा चुनावी सभा सम्पन्न गरेको छ । नेपाली काँग्रेसबाट अन्नपूर्ण गाउँपालिकाको अध्यक्षका उम्मेदवार बनेका क्या. बलबहादुर तिलिजाले अन्नपूर्णलाई समृद्ध र विकसीत पालिका निर्माण गर्नका लागि आफु पालिका अध्यक्षमा उम्मेदवार बनेको बताउनुभयो । ‘म विगत १५ बर्ष देखि जनताको सेवामा नै सक्रिय नै छु, यो बिचमा मैले धेरै जनताको आवश्यकता बुझेको छु ,’ उहाँले भन्नुभयो , ‘हामीले चिप्ला भाषणा गरेर होइन, काम गरेर देखाउन आएका हौँ, व्यक्तिगत खर्चबाट समाज सेवा धेरै गरे अब सरकारी तवरबाट सेवा गर्न चहान्छौँ ।’

उहाँले थप्नुभयो ,‘अहिले सम्म पुगेको पालिकाका प्रत्येक वटामा बाह्रै महिना यातायात सञ्चालन हुने सडक, प्रत्येक टोलमा स्वास्थ्य संस्था निमार्ण गर्ने र हरेक दिन बेरोजगारी विदेशीने युवाहरुको सल्लाह सूझावमा युवालाई स्वरोजगार बनाउनेछु,’उहाँले भन्नुभयो ।
समाज परिर्वतनको मुख्य कार्य शिक्षा रहेकाले अहिले सरकारी विद्यालयमा विद्यार्थी कम हुने समस्यालाई मध्येनजर गर्दै प्रत्येक विद्यालयलाई स्तरउन्नति गरेर विद्यालयमा विद्यार्थी संख्या बृद्धि गरेर गुणस्तर शिक्षा प्रदान गर्न आफुलाई पालिकामा मतदान दिएर विजय गराउन समेत अनुरोध गर्नुभयो ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष उम्मेदवार ललिता पुन तिलिजाले पालिकामा रहेका महिलाहरुको सिप तथा क्षमता विकास गरि आत्मनिर्भर बनाउने, स्थानीय उत्पादनलाई प्राथमिकता दिएर महिलाहरुलाई आर्थिक अबस्थामा आत्मनिर्भर बनाउने आफ्नो पहिलो प्रतिबद्धता रहेको बताउनुभयो । ‘हाम्रो समाजमा अझै महिलाहरु आत्मनिर्भर नभएर पछि परेका छन्, उहाँहरुलाई स्थानीय उत्पादनको आधारमा रोजगारी प्रदान गरेर व्यवसायीक बनाउन आफुलाई रुख चिन्हमा मतदान गर्न अन्नपूर्ण गाउँपालिका बासीलाई अपिल गर्दछु ।’

त्यस्तै उक्त कार्यक्रममा वडा नं. ३ का नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार सुरत केसीले दानालाई पर्यटकीय, विकासीत संगै नमुना वडा बनाउन आफु उम्मेदवार भएको बताउनुभयो । वडाबासी सामु यस पटक युवालाई रुख चिन्हमा मतदान गरि युवाको योजनालाई कार्यन्वयन गर्ने अवसर दिन समेत अनुरोध गर्नुभयो । कार्यक्रममा नेकपा एमाले लगायत विभिन्न पार्टी परित्याग गरी करिब ६० जना कांग्रेस प्रवेश गरेका छन् ।

सम्बन्धित समाचार

thumbnail

अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार भरत पुन र उपाध्यक्षका उम्मेदवार दिवा पुनले फराकिलो मतअन्तरले विजयी हुनुभएको हो । निर्वाचन अधिकृतको कार्यालयले…

thumbnail

अन्नपूर्ण गाउँपालिका-५ को वडा अध्यक्षमा कांग्रेसका राजेश तिलिजा विजयी 

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५,को वडा अध्यक्षमा गठबन्धनबाट कांग्रेसका राजेश तिलिजा विजयी हुनुभएको छ । बुधबार सम्पन्न मत गणनाको  अन्तिम मत परिणाम अनुसार तिलिजा वडा अध्यक्ष पदमा विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले…

thumbnail

अन्नपूर्ण गाउँपालिका-४को अध्यक्षमा कांग्रेसका फगामी विजयी

पोखरेबगर ।म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार लोकबहादुर फगामी बिजयी हुनुभएको छ । बुधबार सम्पन्न वडा नम्बर ४ को मत परिणाम अनुसार  फगामीले ५९२ र प्रतिद्वन्दी एमालेका तेज गुरुङले ४०८ मत पाउनुभएको…