धारिलो हतियार प्रहार गरी बाबु–छोराको हत्या

काठमाडौं । सिरहामा बाबु छोराको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका करिब ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्तकुमार पालको शनिबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी सुभास बुढाथोकीले बताउनुभयो ।

डिएसपी बुढाथोकीका अनुसार मृतकको बाबु–छोराको शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको छ । सन्त कुमारको जेठ ११ मा विवाह हुन लागेकोले घरमा अबेर रातीसम्म विवाह गीतमा छरछिमेक महिलाहरुको सहभागिता रहेको थियो । विवाह गीत गाएर करिब १२ बजे सुतिरहेकै ठाउँमा बाबु-छोराको हत्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुवा एकलै सुतेको र सन्त कुमारसँग गाउँकै १०-१२ बर्षको बालकसँग सुतेका थिए। हत्या भएको घटनाबारे सँगै सुतेका बालकले थाहा पाएपछि घरका अन्य सदस्यलाई र गाउँलेलाई सुनाएका थिए । सन्त कुमार महनौर बजारमै हार्डवेयर पसलमा काम गर्दै आएका थिए ।  घटनास्थललाई प्रहरीले सिल गरेको छ भने थप अनुसन्धान गर्न कुकुर समेत प्रयोग भइरहेको डिएसपी बुढाथोकीले बताउनुभयो । अनलाइनखबरबाट

 

सम्बन्धित समाचार

thumbnail

दोहोरी गायिका दिलमाया आफ्नै डेरामा मृत फेला, १ पक्राउ

काठमाडौँ । दोहोरी गायिका दिलमाया सुनार मृत भेटिनुभएको छ । प्रहरीका अनुसार शनिबार राति ११ बजे काठमाडौंस्थित आफ्नै डेरामा उहाँ मृत्य अवस्थामा भेटिनुभएको हो । सुर्खेत घर भएकी ३० वर्षीया गायिका सुनार…

thumbnail

अफगानिस्तानका भूकम्प पीडितहरुलाई राष्ट्रसङ्घीय एजेन्सीहरूको सहयोग

एजेन्सी । अफगानिस्तानका भूकम्प पीडितहरुका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूले सहयोग गरिरहेका राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिएका छन् । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार संयुक्त राष्ट्रसङ्घीय निकायहरुले अफगानिस्तानका भूकम्प पीडितहरुलाई…

thumbnail

पत्नीको घाँटी थिचेर हत्या, पति र ससुरा पक्राउ

धनुषा । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले पति र ससुरालाई पक्राउ गरेको छ । धनुषाको शहिदनगर नगरपालिका–८ नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर हत्या गरेको आरोपमा उनका पति रामचन्द्र मण्डल खत्वे…