निर्वाचन धाँधलीरहित र शान्तिपूर्ण भएन, भेदभाव रहिरहे फेरि आन्दोलन हुन्छ : ठाकुर

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले स्थानीय तह निर्वाचन त्रास, भयको वातावरणमा सम्पन्न भएको बताउनुभएको छ ।

प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै उहाँले निर्वाचन भय, त्रासको वातावरणमा धाँधलीपूर्ण भएको बताउनुभएको हो । ‘गोली चलेकै हो, महोत्तरीको मटियानीमा हाम्रो नेता कार्यकर्तामाथि आक्रमण भएकै हो,’ उहाँले भन्नुभयो, ‘थाहा छैन भने जिल्ला प्रशासन कार्यालयमा गएर बुझ्नुहोस् ।’

नागरिकताविहीनलाई नागरिकता दिने विषयमा नीति तथा कार्यक्रम मौन बसेको भन्दै उहाँले भन्नुभयो, ‘आफूहरुले किन ६ महिनासम्म आन्दोलन गर्नुपर्‍यो ?, किन हाम्रा नेता कार्यकर्ता अहिले पनि जेलमा छन् ? किन हाम्रो सांसद रेशम चौधरी अहिले पनि जेलमा छन् रु’आफूहरुको आन्दोलन न्यायका लागि रहेको जानकारी दिँदै उहाँले राजनीति आन्दोलनमा सहभागी भएकालाई मुद्दा लगाएर जेलमा हालिएको भन्दै आपत्ति जनाउनुभयो ।

तर, आफ्ना नेता कार्यकर्तामाथि गोली चलाउनेमाथि कारबाही नगरिएर बढुवा गरेको भन्दै उहाँले सुरक्षाकर्मीलाई सुरक्षा दिने हतियार दिएको कि जनतामाथि प्रहार गर्न भन्दै प्रश्न गर्नुभयो । न्यायका लागि हतियारविना आन्दोलनमा उत्रिएका आफ्ना कार्यकर्तालाई जेलमा हालिएको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो । भेदभाव रहिरहे फेरि आन्दोलन गर्ने अध्यक्ष ठाकुरको चेतावनी छ । नागरिक खबरबाट

सम्बन्धित समाचार

thumbnail

म्याग्दीमा राष्ट्रिय धान दिवस तथा रोपाइँ मनाइयो (फोटो फिचर )

कृषि तथा खाद्यान्न उत्पादनलाई जोड दिनुपर्ने सरोकारवालाको भनाइ म्याग्दी । म्याग्दीमा पनि राष्ट्रिय धान दिवस मनाइएको छ । बेनी नगरपालिका कृषि शाखाको आयोजनामा १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०७९ विविध कार्यक्रमको…

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

देश विदेशका खर्चबाट अभियन्ता भेटिन्छन् तर प्रतिफल बाहिर आएको छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…