पाँच दलीय गठबन्धन केही नेताको स्वार्थको माध्यम बन्दै गएको देखिनु दुर्भाग्यपूर्ण : भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्‍ अध्यक्ष डा.बाबुराम भट्टराईले पाँच दलीय गठबन्धन केही नेताहरूको स्वार्थको माध्यम बन्दै गएको देखिनु दुर्भाग्यपूर्ण रहेको बताउनुभएको छ ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चाबीच विभिन्‍न पालिकामा तालमेल भएको छ । तर, चुनाव नजिकिँदै जाँदा भट्टराईले संसयपूर्ण अभिव्यक्ति दिनुभएको हो ।

‘सबैले बुझौं स्थानीय निर्वाचनका मुद्दा फरक हुन्छन् र स्थानीय नेता कार्यकर्ता त्यसबारे बढी जानकार हुन्छन् । लोकतन्त्र बलियो पार्ने हो भने केन्द्रीय हस्तक्षेप रोकौँ र गैरदलीय चुनाव गरौँ । कुनै आकाश खस्दैन,’ उहाँले ट्वीट गर्नुभएको छ । नागरिक खबरबाट

 

सम्बन्धित समाचार

thumbnail

म्याग्दीमा राष्ट्रिय धान दिवस तथा रोपाइँ मनाइयो (फोटो फिचर )

कृषि तथा खाद्यान्न उत्पादनलाई जोड दिनुपर्ने सरोकारवालाको भनाइ म्याग्दी । म्याग्दीमा पनि राष्ट्रिय धान दिवस मनाइएको छ । बेनी नगरपालिका कृषि शाखाको आयोजनामा १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०७९ विविध कार्यक्रमको…

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

देश विदेशका खर्चबाट अभियन्ता भेटिन्छन् तर प्रतिफल बाहिर आएको छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…