पार्टी विभाजन गर्नेलाई जनताले जवाफ दिएका छन् : ज्ञवाली

काठमाडौँ । एमाले नेता प्रदिप ज्ञवालीले पार्टी विभाजन गर्नेहरुलाई जनताले जवाफ दिएको जिकिर गर्नुभएको छ । पार्टीले कारबाही गरेका नेताहरुलाई संसदले र न्यायालयले न्याय नदिएपनि त्यस्ता तत्वहरूलाई जनताले जवाफ दिएको उहाँले बताउनुभयो । ‘सम्माननीय सभामुखले समान व्यवहार गर्नुभएन ।

यो बीचमा पार्टीले गरेको कारबाहीको विषयमा सर्वोच्चले पनि सुनुवाई गरेन’ ज्ञवालीले भन्नुभयो, ‘अन्य मुद्दामा आजको भोलि नै फैसला गर्ने सर्वोच्चले सांसद कारबाहीको मुद्दामा किन फैसला गरेन ? प्रश्न यहाँनिर छ’ उहाँले संसद बैठकमा बोल्दै भन्नुभयो, ‘यद्यपि, त्यस्ता तत्वलाई जनताले जवाफ दिएका छन् ।’ पार्टी फोरेर जाने माधवकुमार नेपाललाई जनताले कारबाही गरेको उहाँको भनाइ थियो । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राख्नुपर्छः सुवेदी

काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णकुमारी सुवेदीले सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राखेर विकास नगरे मुलुक कृषिमा आत्मनिर्भर बन्न नसक्ने बताउनुभएको छ । सोमबार काठमाडौँमा आयोजित धानमा आत्मनिर्भर नीति…

thumbnail

एमालेका कैलाली जिल्ला अध्यक्ष थापाको जिम्मेवारीबाट हटाइए

धनगढी । नेकपा एमालेको कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाको जिम्मेवारी खोसिएको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने र दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने…

thumbnail

काठमाडौंमा रोहिंग्यासहितका शरणार्थीको धर्ना

काठमाडौं । विभिन्न मुलुकबाट विस्थापित भएर काठमाडौंमा शरणार्थी जीवन बिताइरहेकाहरूले धर्ना सुरू गरेका छन् । संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्च आयुक्तको कार्यालय महाराजगन्जअगाडि उनीहरूले सोमबारदेखि धर्ना दिइरहेका छन्। धर्ना दिनेमा अधिकांश शरणार्थी म्यानमारबाट…