बजेट सुख्खा जमिनमा घस्रिन खोजेको चिप्ले किरा जस्तो : पौडेल

काठमाडौँ । एमाले उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षमा गरिने भनिएको आठ प्रतिशत आर्थिक वृद्धि दर पूरा हुन नसक्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उहाँले जनतालाई झुक्याउने गरी पूरा हुन नसक्ने आठ प्रतिशत आर्थिक वृद्धि दरको लक्ष्य सरकारले लिएको आरोप लगाउनुभयो ।

स्रोत साधनको प्रयोगबाट आर्थिक वृद्धि हुने भन्दै उहाँले पुँजी लगानी नै अपुग रहेको बताउनुभयो । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले देशमा रहेको आर्थिक संकट अन्त्य गर्नभन्दा पनि थप जटिलता थप्नेखालको रहेको उहाँको टिप्पणी छ । बजेटमा देशलाई कृषिमा आत्मनिर्भर बनाउने राष्ट्रिय संकल्प त्यागेको बताएका उहाँले भन्नुभयो, ‘यो बजेट सुख्खा जमिनमा घस्रने खोजेको चिप्ले किरा जस्तो छ ।’

बजेटले तीव्र गतिमा अत्याधुनिक विकास गरेर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न नसक्ने दाबी गर्दै पूर्वअर्थमन्त्री पौडेलले सरकार राष्ट्रिय संकल्पबाट भागेको आरोप लगाउनुभयो।बजेटमा समग्रमा वित्तीय क्षमताभन्दा खर्च बढीको प्रस्ताव गरिएको भन्दै उहाँले प्रस्ताव गरिएबमोजिम स्रोत जुट्ने आधार नरहेको बताउनुभयो ।  ratopati

सम्बन्धित समाचार

thumbnail

सरकारको विशेषाधिकारलाई कटौती नगरियोस् श्रीमान : महान्यायाधिवक्ता खाती

काठमाडौँ । महान्यायाधिवक्ता खम्मबहादुर खातीले सरकारले विशेषाधिकार प्रयोग गरेर आईजीपी नियुक्ति गरेको बताउनुभएको छ । उहाँले सबै एआईजीहरु आईजीपी बन्न योग्य भएपनि सरकारले प्रहरी नियमावलीमा भएको ६ आधार र विशेषाधिकार प्रयोग गरेर…

thumbnail

कैदीबन्दीको मतदाता नामावली संकलन गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले आगामी प्रतिनिधि सभामा कैदीबन्दीले पनि भोट हाल्न पाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ। काठमाडौं स्कुल अफ लको प्रथम वर्षमा अध्ययनरत प्रदिक्षा केसी र निशान्त पोखरेलले दायर…

thumbnail

स्वास्थ्यमन्त्री खापुङको पहिलो निर्णय : ग्लोबल फण्डको रकम सरकार मातहत ल्याउन पहल

काठमाडौं । सरकारले ग्लोबल फण्डको रकम सिधै स्वास्थ्य मन्त्रालय मातहत आउने गरी तयारी गरेको छ । सोमबार नवनियुक्त मन्त्री भवानी खापुङले यससम्बन्धी निर्णयमा हस्ताक्षर गर्नुभएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगीता…