बलात्कार पीडितलाई न्‍याय माग्दै बालुवाटारमा धर्ना

काठमाडौं । आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा बलात्कृत भएकी युवतीको न्यायका लागि दबाब दिन युवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्ना दिएका छन् । अकुपाइ बालुवाटार’को नाममा अभियान नै चलाएर युवाले स्वतः स्फूर्तरुपमा भेला भएर धर्ना दिएका हुन् ।

बुधबार पीडित युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत आफूलाई सौन्दर्य प्रतियोगिताका एक सञ्चालकले लठ्ठिने सामग्री भएको पेय पदार्थ खुवाएर बलात्कार गरेको खुलासा गरेकी थिइन् । पीडितको मनोबल कमजोर हुन नदिन र आरोपीलाई सजायको माग गर्दै सामाजिक सञ्जालमा शुक्रबार साँझ ‘अकुपाइ बालुवाटार’ कार्यक्रमको आह्वान गरिएको थियो । धर्नामा सहभागीहरुले बलात्कार जस्तो गम्भिर विषयमा रहेको हदम्याद हटाउन पनि माग गरेका छन् । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

ओमसतिया गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओमसतिया गाउँपालिका–४ मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत…

thumbnail

बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई महिला पक्राउ

लहान । बोक्सी भन्दै छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा सिरहा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडी निवासी ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला…