बागी उम्मेदवार, प्रस्तावक र समर्थकको विवरण केन्द्रमा पठाउन कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र (बागी) उम्मेदवारी दिनेहरूको विवरण केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको छ।

विद्रोही उम्मेदवार र प्रस्तावक तथा समर्थकको विवरण तत्काल केन्द्रमा पठाउन कांग्रेसले जिल्ला कार्यसमितिलाई निर्देशन दिएको हो।कांग्रेसले बागी, प्रस्तावक र समर्थक स्वतस् पार्टीबाट निस्कासन भएकोसमेत बताएको छ। उनीहरूको विवरण केन्द्रबाट हटाउन सूची माग गरिएको हो।

बागी उम्मेदवार, प्रस्तावक र समर्थकको पार्टी सदस्यता समाप्त भई पाँच वर्षका लागि स्वतः पार्टीबाट निष्कासित गर्ने निर्णय गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो। सेतोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

तमानखोला गाउँपालिकाद्धारा बालगृह सञ्चालन

म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ ।…

thumbnail

मधेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजार दिने

जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै शहीदका सन्तानलाई अध्ययनका…

thumbnail

झम्सिखेलमा नयाँ जडान गरिएको ट्राफिक लाइट उद्‍घाटन

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन झम्सिखेल, सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाइट जडान गरी आजबाट सञ्चालनमा ल्याइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले ललितपुर महानगरपालिका वडा…