बाजुरामा झडप हुँदा म्यादी प्रहरी घाइते

बाजुरा । बाजुराको बडिमालिका नगरपालिकास्थित वडा नम्बर–२ मा झडप भएको छ । सो वडाको अध्यक्षमा निर्वाचित वडाअध्यक्ष डम्बरबहादुर महतको विजय जुलुसमा सहभागीहरुले म्यादी प्रहरीमाथि धारिलो हतियार प्रहार गरेका छन् । धारिलो हतियारको प्रहारबाट म्यादी प्रहरी २३ वर्षका पुष्प कटुवाल घाइते भएका छन् ।

हतियार प्रहार गर्ने २० वर्षीय नरेन्द्र नाथसहित दुई जनालाई पक्राउ गरिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी भोलाबहादुर रावलले बताउनुभयो । घाइते म्यादी प्रहरीको जिल्ला सदरमुकाममा उपचार भइरहेको छ । निर्वाचित पक्षका कार्यकर्ताहरूले कांग्रेसका उम्मेदवारको घरमा ढुंगामुढा गरेपछि दुई पक्षका कार्यकर्ताहरूको बीचमा झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन परिचालित प्रहरीमामाथि एमालेका कार्यकर्ताहरु जाइलागेका थिए । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

जंगलमा हातखुट्टा बाँधि गाडी लुटेर तीन जना फरार

धनगढी । अत्तरिया डडेल्धुरा जोड्ने भिमदत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका–४ सडक छेउमा सोमबार बिहान १ बजेतिर एक जना पुरुषलाई हातखुट्टा बाँधेर लडिरहेको अवस्थामा स्थानीयले देखे । गोदावरीदेखि करिब ६ किलोमिटरमाथी…

thumbnail

दाइको हत्या आरोपमा भाइ र भाइका साथी पक्राउ

सर्लाही । सर्लाहीको कविलासी नगरपालिका–८ अगर्वामा एक युवकको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककै सहोदर भाइसहित दुई जनालाई पक्राउ गरेको छ। कविलासी नगरपालिका–८ अगर्वाका स्थानीयवासी अन्दाजी वर्ष २४ का अमरेन्द्र…

thumbnail

गायिका दिलमायाका परिवारले दिए सूर्यविरूद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा जाहेरी

काठमाडौँ । लोकदोहोरी गायिका दिलमाया बिकको मृत्यु भएको घटनामा पक्राउ परेका व्यक्तिविरूद्ध कर्तव्य ज्यानसम्बन्धी कसूरमा जाहेरी दर्ता भएको छ। आइतबार प्रहरी वृत्त बालाजु पुगेर मृतकका परिवारले पक्राउ परेका सिन्धुपाल्चोक घर भई काठमाडौंमा…