बानेश्वरमा ग्यास सिलिन्डर बिस्फोट गराएको आरोपमा चार पक्राउ

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा सिलिन्डर बिस्फोट गराएको आरोपमा चार जना पक्राउ परेका छन्। निर्वाचनको दिन बिहान २ बजे काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वरबाट तीनकुनेजाने सडकमा ग्यास सिलिन्डर आगो लगाएर बिस्फोट गराएको आरोपमा चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा गोरखाका लखन गाउँपालिका घर भई काठमाडौंको कपन बस्ने २९ वर्षीय हरिकृष्ण थापा, काभ्रे तेमाल गाउँपालिका-९ घर भई ललितपुरको टिकाथली बस्ने २८ वर्षीय करण श्रेष्ठ, भोजपुर रामप्रसाद राई गाउँपालिका-६ घर भई भक्तपुर दुवाकोट बस्ने २८ वर्षीय युवराज थापा र खोटाङ कोटेहाङ गाउँपालिका-८ का ३६ वर्षीय विके सिं भन्ने भरतकुमार राई छन्।वैशाख ३० गते बिहान २ बजे बानेश्वरको सडकमा अज्ञात व्यक्तिहरूले एलपिजी ग्यास सिलिन्डरमा आगो लगाएर बिस्फोट गराउन लागेको भन्ने सूचना प्रहरीले पाएको थियो।

त्यसपछि प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोली पुग्नु केही मिनेट अघि मात्रै बिस्फोट भएको प्रहरी उपरीक्षक मैनालीले बताउनुभयो। ‘टोली पुग्नु केही मिनेट अघि मात्रै विस्फोट भयो,’ उहाँले भन्नुभयो, ‘प्रहरीको ठूलो क्षति हुनसक्थ्यो। जोगियो।’घटनामा संलग्न व्यक्तिहरू फरार थिए। बिस्फोटपछि बिके कम्प्लेक्समा रहेको दृष्टि आँखा केन्द्र लेखिएको भवन तथा साइन ग्लोबल एडुकेसनल कन्सल्टेन्सी रहेको घरको सिसा फुटेको थियो। प्रहरीले यस घटनापछि ‘अपरेन इको सेइर्रा’ सञ्चालन गरेको थियो।

प्रहरीले विभिन्न प्रविधिको प्रयोग गरी सुक्ष्म अनुसन्धान गरी उनीहरूलाई पक्राउ गरेको हो।प्रहरीले तीन जनालाई ३१ गतेनै समातेको थियो। भरतकुमार राईलाई भने मंगलबार पक्राउ गरी सार्वजनिक गरेको हो। उनी यसअघि पनि पक्राउ परिसकेका व्यक्ति हुन्। यसअघि हाहतियार, बैंकिङ कसूर र कर्तव्य ज्यान मुद्दामा पक्राउ परेको प्रहरी उपरीक्षक मैनालीले बताउनुभयो।उनीहरूले फेसबुकमा पनि कम्युनिष्ट पार्टी अफ नेपाल सिवादीको आइडि समेत खोलेका छन्।

‘उनीहरूले जनतामा डर, त्रास फैलाउने काम गर्ने गरेको पाइयो। स्थानीय चुनाव पनि बिथोल्ने र भूमिगत गिरोहको नाममा जनतामा आतंक मच्चाएर आर्थिक उपार्जन गर्ने उद्देश्य राखेको देखियो,’ मैनालीले भन्नुभयो । विस्फोट गराएको स्थानबाट नेपाल कम्युनिष्ट पार्टी सिवादी लेखिएको पर्चा, पम्प्लेट फेला परेको थियो। उनीहरूमाथि विस्फोटक पदार्थ सम्बन्धी दफा १४१ को कसूरमा थप अनुसन्धान अघि बढाएको छ। काठमाडौं जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको हो। सेतोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

ओमसतिया गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओमसतिया गाउँपालिका–४ मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत…

thumbnail

बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई महिला पक्राउ

लहान । बोक्सी भन्दै छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा सिरहा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडी निवासी ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला…