बाबुरामको गृहनगर पालुङटारमा जसपा र एमालेबीच चुनावी तालमेल

काठमाडौँ । गोरखाको पालुङटार नगरपालिकामा नेकपा एमाले र जनता समाजवादी पार्टी नेपाल (जसपा) बीच चुनावी तालमेल भएको छ।जसपाले मेयर लिने र एमालेले उपमेयर लिने गरी चुनावी तालमेल भएको हो।जसपा जिल्ला अध्यक्ष यानप्रसाद भट्ट र एमाले जिल्ला अध्यक्ष प्रेम गुरूङले चुनावी तालमेल सहमति पत्रमा आज हस्ताक्षर गरेका छन्।

पालुङटार जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको गृहनगर हो। जसपाले कांग्रेसलाई उपमेयर छाड्ने गरी चुनावी तालमेल प्रयास गरे पनि सफल हुन नसकेपछि एमालेसँग तालमेल गरेको हो।पालुङटारमा जसपाबाट प्रेमबहादुर गुरूङ मेयर उम्मेदवार छन्। यहाँ एमालेबाट उपमेयरमा पार्वतीदेवी पाठक उम्मेदवार छिन्।

कांग्रेसले यहाँ मेयरमा दिपकबाबु कँडेल र उपमेयरमा चेतकुमारी श्रेष्ठलाई उम्मेदवार बनाएको छ। कँडेल ०७४ मा कांग्रेसबाट मेयर जितेका थिए। कांग्रेसले यहाँ कसैसँग गठबन्धन गरेको छैन।नेकपा माओवादीले पनि पालुङटारमा कसैसँग पनि गठबन्धन गरेको छैन। माओवादीबाट मेयरमा विवश चिन्तन र उपमेयरमा बन्दना पाण्डे उम्मेदवार छन्। सेतोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

गठबन्धनको उद्देश्य सत्ता स्वार्थ मात्र : ज्ञवाली

चितवन । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारको एकमात्रै उद्देश्य सत्ता स्वार्थ भएको बताउनुभएको छ । भरतपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले गठबन्धन सरकार आएदेखि मुलुकले एकपछि अर्को गम्भीर…

thumbnail

एआईजी विश्वराज पोखरेल जेठ २५ देखि ‘गैर हाजिर’

काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल जेठ २५ बाट कार्यालयमा हाजिर भएका छैनन् । उहाँले मागेको बिदा आईजीपी धिरज प्रताप सिंहले दोस्रोपटक अस्वीकृत गर्नुभयो । जेठ २५ बाट गैर हाजिर…

thumbnail

बाटोमा हिँडिरहेका डाक्टरलाई कुटे ट्राफिक प्रहरीले

ललितपुर । ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत एक जना डाक्टरलाई ट्राफिक प्रहरीले कुटेका छन् । आइतबार राति पौने ९ बजे ड्युटी सकेर घर फर्किरहेका (मेडिकल अफिसर) डाक्टर कुलबहादुर घिसिङमाथि ट्राफिक प्रहरी जवान…