बाबुरामलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। भट्टराईले आफूले मतदान गरेको मतपत्र सार्वजनिक गरेपछि आयोगले स्पष्टीकरण सोधेको हो।

भट्टराईसहित गोरखाको पालुङटार नगरपालिकाका निर्वाचन अधिकृतलाई समेत स्पष्टीकरण सोधेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताउनुभयो। ‘मतपत्र गोप्य हुन्छ। गणना निष्पक्ष र स्वतन्त्र हुन्छ भन्ने कानुनी व्यवस्था छ। बाबुराम भट्टराईज्यूले मतपत्र सार्वजनिक गर्नु भयो,’ थपलियाले भन्नुभयो, ‘उहाँ(बाबुराम भट्टराई)लाई २४ घण्टे स्पष्टीकरण सोधेका छौँ।

उहाँको मतपत्र खिच्ने मोबाइल क्यामेरा भित्र कसले लग्न दियो ? निर्वाचन अधिकृतले किन रोक्ने काम गरेनन् भनेर उहाँलाई समेत स्पष्टीकरण सोधेका छौँ ।’ आयोग कानुनको पालना मात्र गर्ने निकाय भएकाले आचारसंहिता कडाइका साथ पालना गरिएको थपलियाले बताउनुभयो। शुक्रबार बाबुरामले मतदान गरेलगत्तै सामाजिक सञ्जाल मार्फत मतपत्र सार्वजनिक गर्नुभएको थियो । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

बिरामीलाई अस्पताल जान वडाले नि:शुल्क एम्बुलेन्स उपलब्ध गराउने

काठमाडौँ । गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ ले बिरामीलाई अस्पताल जानका लागि एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । बिरामीलाई स्थानीय स्वास्थ्य संस्थाबाट रिफर भई थप उपचारका लागि गोरखा जिल्ला अस्पताल…

thumbnail

योजना आयोगले सिफारिस नगरेका आयोजनाले बजेट नपाउने

काठमाडौँ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा योजना आयोगबाट सिफारिस नभएका आयोजनाहरूले बजेट नपाउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आयोगबाट सिफारिस नभएका आयोजनाले…

thumbnail

गठबन्धन सही थियो भन्ने पुष्टि भयो : राष्ट्रिय जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलबीच भएको गठबन्धन सफल भएको निष्कर्ष निकालेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालयको विस्तारित बैठकले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन नेकपा एमालेलाई परास्त…