बालबालिका विद्यालयमै असुरक्षित छन् उनीहरुको सुरक्षामा ध्यान दिऔंः युनिसेफ

एजेन्सी । संयुक्त राष्ट्रसङ्घीय बालकोष, युनिसेफले बालबालिकाको सुरक्षामा ध्यान दिन अमेरिकी सरकार र यहाँका नेताहरुलाई आग्रह गरेको छ । सो कोषका कार्यकारी निर्देशक क्याथेरिन रसेलले अमेरिकामा बालबालिका विद्यालयमै असुरक्षित बन्दै गएको भन्दै उनीहरुको सुरक्षामा ध्यान दिन आग्रह गर्नुभएको हो ।

उहाँले प्रश्न गर्नुभएको छ, ‘अझै कति बालबालिकाले अकालमा यसरी ज्यान गुमाउनुपर्ने होरु आफ्नै विद्यालयमा बालबालिका यसरी असुरक्षित हुन्छन् भने बालबालिकाको भविष्य के होलारु’ अमेरिकाको टेक्सासको एक एलिमेन्टरी स्कुलमा भएको गोली काण्डमा परी २१ जनाको ज्यान गएपछि उहाँको यो भनाई आएको हो । अमेरिकी सहर टेक्सासमा मङ्गलबार दिउँसो भएको सो दुःखद घटनामा परी १८ जना बालबालिकासहित २१ जना मारिएका थिए भने अरु कैयौँ घाइते भएका थिए । टेक्सासको युभाल्डेस्थित रोब इलिमेन्टरी स्कूलमा एकजना १८ वर्षीय किशोरले गोली चलाउँदा ती विद्यार्थीको ज्यान गएको पनि बताइएको छ।

त्यस गोली काण्डमा परेर ज्यान जानेमा १८ जना विद्यार्थी र तीन जना शिक्षक रहेका पनि सो समाचारमा जनाइएको छ। गोली लागेर अरु १३ बालबालिका, विद्यालयका कर्मचारी र केही प्रहरी पनि घाइते भएका समाचारमा जनाइएको छ। कार्यकारी निर्देशक क्याथेरिनले भन्नुभएको छ, ‘आज यो दुर्घटना टेक्सासमा भयो, अब फेरि अर्को कहाँ होला भन्ने त्रास हाम्रो दिमागमा रहेको छ।’उहाँले यस्तै दर्दनाक अवस्था हामीले अफगानिस्तान, युक्रेनलगायतका देशमा पनि देखिसकेका छौँ भन्दै अब बालबालिकाको सुरक्षाका लागि केही गर्न ढिला भइसकेको उहाँको भनाइ छ। nagariknews.nagariknetworkबाट

सम्बन्धित समाचार

thumbnail

वार्ताबाट युक्रेन युद्ध टुङ्ग्याउन प्रधानमन्त्री मोदीको सुझाव

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिकरूपमा सम्पन्न देशहरूको समूह (जी सेभेन) को बैठकमा युक्रेन द्वन्द्व वार्ता र कूटनीतिक माध्यमबाट खाज्नुपर्नेमा जोड दिनुभउको छ । ‘प्रधानमन्त्री मोदीले युक्रेन युद्धबारे भारतको अडान स्पष्ट…

thumbnail

राजधानी टोकियो आसपासमा वत्ती निभाउन जापान सरकारको आग्रह

काठमाडौं । जापान सरकारले राजधानी टोकियोसहित आसपासका बासिन्दालाई कम वत्ती बाल्न आग्रह गरेको छ । गर्मीका कारण माग बढेकाले आपूर्तिमा समस्या आउने भन्दै आर्थिक, व्यापार तथा उद्योग मन्त्रालयले अनावश्यक वत्तीहरु निभाउन आग्रह…

thumbnail

दक्षिण अफ्रिकाको नाइटक्लबमा मृत भेटिए १७ जना

एजेन्सी । दक्षिण अफ्रिकाको एक नाइटक्लबमा १७ जना मानिस मृत फेला परेका छन्।समाचार संस्था रोयटर्सका अनुसार दक्षिण सहर इस्ट लन्डनमा आइतबार बिहान नाइटक्लबमा उनीहरू मृत भेटिएका हुन्।मृत्यु हुनेहरू १८ देखि २० वर्षसम्मका…