बुवाको कुटाइबाट ५ वर्षे छोराको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–५ मा रक्सीले मातेका बुवाको कुटाइबाट ५ बर्से छोराको मृत्यु भएको छ। बाणगंगा नगरपालिका वडा नं.५ सिमलखोरस्थित २६ बर्से लक्ष्मण कोहारले ५ बर्से झड्केलो छोरा आशिष कुमाललाई रक्सी खाई कुटपिट गर्दा उनको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय पिपराका अनुसार घाइते बालकको उपचारको क्रममा ज्यान गएको हो। प्रहरी निरीक्षक दिपकबाबु केसीका अनुसार रक्सी खाई कोहारले छोरा आशिषलाई पटकपटक कुटेर घाइते पारेका थिए। उपचारका लागि कपिलवस्तु सामुदायिक अस्पताल जितपुर लैजाने क्रममा मृत्यु भएको हो।

बुधबार राति बाबुले छोरालाई कुटपिट गरेका थिए। बालक बाणगंगा नगरपालिका वडा नं. ८ स्थित मामाघरमा बस्दै थिए। केही दिनअघि आमासँग उनी सिमलखोर गएका थिए। अभियुक्त बाबुलाई इलाका प्रहरी कार्यालय पिपराले नियन्त्रणमा लिई आवश्यक कार्वाही प्रक्रिया थालेको प्रहरी निरीक्षक केसीले बताउनुभयो । nagariknews.nagariknetworkबाट

सम्बन्धित समाचार

thumbnail

१ करोड २० लाख भ्रष्टाचारको आरोपमा जितपुर-सिमराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध दुई मुद्दा

काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंसहित दुई वटा छुट्टाछुट्टै सप्लायर्सविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईं…

thumbnail

१३ केजी गाँजासहित एक पक्राउ

बारा । निजगढ नगरपालिका–१ धनसर पुल नजिकबाट १३ केजी अवैध लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका–३ बस्ने ३३ वर्षीय लाल काजी रहेका छन् ।…

thumbnail

पत्नीको घाँटी थिचेर हत्या, पति र ससुरा पक्राउ

धनुषा । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले पति र ससुरालाई पक्राउ गरेको छ । धनुषाको शहिदनगर नगरपालिका–८ नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर हत्या गरेको आरोपमा उनका पति रामचन्द्र मण्डल खत्वे…