बेनी नगर कार्यपालिका सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार बिजयी (तस्बिरहरू)

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनका उम्मेदवार बिजयी भएका छन् । दलित वा अल्पसंख्यक तर्फ तीन जना र ५ जना महिला सदस्यमा काँग्रेस–माओवादी–एकिकृत समाजवादी गठबन्धनका उम्मेदवार बिजयी भएका हुन् ।

कार्यपालिकाको निर्वाचनमा महिला सदस्यमा नेकपा माओवादी केन्द्रबाट मिना कुमारी कार्की, नेपाली कांग्रेसबाट सृजना श्रेष्ठ, निर्मला मल्ल, सुजाता किसान र बविता सापकोटा निर्वाचित हुनुभएको छ । त्यसैगरि दलित वा अल्पसंख्यक तर्फको तीन जनाको कोटामा कांग्रेसकी  मनकुमारी विक, नेकपा माओवादी केन्द्रका किसान विश्वकर्मा र नेकपा एकिकृत समाजवादीका कृष्णकुमार विश्वकर्मा बिजयी हुनुभएको छ ।

निर्वाचनमा गठबन्धनका उम्मेदवारले २९ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारले २३ मत प्राप्त गरेका छन् । बेनी नगरपालिकामा नेकपा एमालेका २३ जना, नेकपा माओवादी केन्द्रका १५ जना र नेपाली काँग्रेसका १४ जना मतदाता रहेका थिए ।यसैगरी निर्वाचित कार्यपालिका सदस्य सहित जनप्रतिनिधिलाई कांग्रेस ,माओवादी र एकीकृत समाजवादीले आइतबार एक कार्यक्रमका विच मायाको चिनो प्रदान गरेका छन् ।

 

सम्बन्धित समाचार

thumbnail

बेनी नगरपालिकाले ल्यायो ७३ करोड २२ लाख रुपैयाँको बजेट, उत्पादन र शिक्षामा जोड

सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…

thumbnail

बेनी नगरपालिका –७ मा सम्मान र योजना प्राथमिकीकरण

बेनी । बेनी नगरपालिका–७, मा शनिबार आगामी आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन हुने योजना प्राथमिकीकरण र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।नगरपालिका, प्रदेश र संघीय सरकारमा माग गर्ने योजना छनौटका लागि आयोजित…

thumbnail

बाँझो जग्गा उपयोगमा ल्याउन गर्न घरेलु उद्योग महासंघको माग

म्याग्दी । नेपाल घरेलु तथा साना उद्योग महासंघ म्याग्दीले बाँझो जग्गामा युवाहरुलाई परिचालन गरि उपयोगमा ल्याउन माग गरेको छ । सोमबार बेनी नगरपालिकाका प्रमुख सुरत केसीलाई ज्ञापन पत्र बुझाउँदै महासंघ म्याग्दीका अध्यक्ष…