मालिका गाउँपालिकामा आइतबार पनि विद्यालय खोल्ने

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा आईतबार पनि विद्यालयको नियमित पठनपाठन गराउने निर्णय गरेको छ । नेपाल सरकारले हप्ताको दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेपनि मालिका गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका भित्र रहेको सामुदायिक तथा संस्थागत विद्यालय साविक रुपमा आईतबारदेखि शुक्रबारसम्म नियमित पठपाठन गराउने निर्णय गरेको हो ।

मालिका गाउँ कार्यपालिकाको शनिबार बसेको बैठकको निर्णयअनुसार गाउँपालिकाभित्रका सबै विद्यालय आईतबारपनि नियमित पठनपाठन गराउने निर्णय कार्यान्वयन गर्न गाउँपालिकाका शिक्षा अधिकृत अशोक रिजालले विद्यालयलाई आग्रह गर्नुभएको छ ।

विद्यालयको शैक्षिक क्षति न्यूनिकरण गराउन, विद्यार्थीहरुको नियमित पठनपाठन र प्रशासनिक कामकाजलाई नियमित संचालन गराउन आईतबार विद्यालय खोल्ने निर्णय कार्यपालिका बैठकले गरेको विज्ञप्तीमा उल्लेख छ ।  बेनी नगरपालिकाले पनि आईतबार नियमित पठनपाठन गराउने निर्णय गरेको छ ।

सम्बन्धित समाचार

thumbnail

मालिका गाउँपालिकाको बजेट ४८ करोड १८ लाख ३६ हजार रुपैयाँ (तस्बिरहरु)

बेनी । म्याग्दीको मालिका गाउँपालिकाले आगमी आर्थिक बर्ष २०७९÷८० को निति तथा कार्यक्रम र बजेट पारित गरेको छ । शुक्रबार वडा नम्बर ६ स्थित छ्यारछ्यारेमा सम्पन्न गाउँपालिकाको दोस्रो गाउँसभामा गाउँपालिका अध्यक्ष बेगप्रसाद…

thumbnail

एक लाख ८६ हजार रुपैयाँ बढीको फर्निचर सामग्री सहयोग

बेनी । म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोट स्थित दुध पराई (मुखिया)पुन सेवा समाजलाई अमेरीकाबाट एक लाख ८६ हजार ७६७ रुपैयाँ सहयोग प्राप्त भएको छ । अमेरीकामा रहनुभएका मिलन पुन ,प्रेम पुन ,उत्तम पुन र…

thumbnail

जनप्रतिनिधिबिचको विवादले मालिका गाउँपालिकाको पहिलो र विशेष गाउँसभा स्थगित

बेनी । म्याग्दीको मालिका गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरुबीच पहिलो गाउँसभामै बिवाद भएको छ । दरवाङ स्थित छ्यारछ्यारेमा बुधबार आयोजित विशेष गाउँसभा एमाले र अन्य दलबाट निर्वाचित जनप्रतिनिधीहरुको बिवादका कारण स्थगित भएको छ ।…